दक्षिणी चिनको गुआङ्डोङ प्रान्तको शेनचेनमा अवस्थित लियान हुवाशान (पद्म पुष्प पर्वत) नामले परिचित सफा हरित पार्कको २०१२ डिसेम्बर ८ को यो एउटा सुन्दर बिहानीको समय थियो । पार्क प्रवेशमा मानिसहरूलाई रोक्नका लागि पुलिसले सुरक्षाघेरा बनाएको थिएन । रातो गलैँचा विछ्याइएको थिएन, न त मानिसहरूले स्वागतका निम्ति ध्वजापताका नै हल्लाइरहेका थिए । न त बिहान सबेरै कसरत गरिरहेका मानिसहरूले कोही विशिष्ट व्यक्तिसित जम्काभेट हुने कल्पना नै गरिरहेका थिए ।

गला खुलेको सेतो कमिज र कालो सुटमा एकजना अधबैँसे पुरुषले भूतपूर्व चिनियाँ नेता तङ् शियाओपिङ्को प्रतिमामा माल्यार्पण गरे । त्यसपछि उनी अनौपचारिक कुराकानीमा सामेल हुँदै भीडमा घुमफिर गर्न थाले ।
उहाँ २४ दिन अगाडि मात्र निर्वाचित चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिनफिङ् हुनुहुन्थ्यो ।
कुआङ्डोङ यात्राको समयावधिमा सीले सम्पूर्ण पार्टी र चीनका सबै जनतालाई सुधार र ‘सबैका लागि खुला गर्ने नीति’को मार्गलाई समर्थन गर्ने कार्यलाई निरन्तरता दिन र अझ बढी नियमित, नैतिक रूपमा इमानदार, र संयोजित रूपबाट सुधारलाई जारी राख्ने काममा ध्यान केन्द्रित गर्न आह्वान गर्नुभयो । चिनियाँ कम्युनिस्ट पार्टीको सर्वाेच्च नेताका हैसियतमा बेइजिङ बाहिरको आफ्नो यो पहिलो यात्रामा सी, बीस वर्ष पहिले, जब देश आपैmँ एउटा निर्णायक मोडमा उभिएको थियो, त्यस बेला देङ्ले सुरु गरेको मार्ग पछ्याउँदै चीनको परिवर्तन र खुला नीतिको अजस्र स्रोत रहेको कुआङ्डोङ जानुभयो ।
सञ्चारकर्मीहरूले सीलाई सुधार र खुला नीतिप्रति र देशभरको राजनीतिक जीवनमा स्वच्छ हावा प्रवाहित गरेर चिनियाँ सपनालाई आत्मसात् गर्दै राष्ट्रको नेतृत्व गर्न प्रतिबद्ध एक नेताका रूपमा चित्रण गरेका छन् ।

सी, जो २०१२ को नोभेम्बर १५मा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको १८औँ पूर्ण बैठकद्वारा उहाँको नयाँ भूमिकामा निर्वाचित हुनुभएको थियो, जन गणतन्त्र चीनको स्थापना वर्ष १९४९ पछि जन्मेका पहिलो सर्वोच्च नेता हुनुहुन्छ ।
उहाँले अहिले विश्वमा दोस्रो ठूलो अर्थव्यवस्था भएको, आठ करोड बीस लाख सदस्य संख्या भएको विश्वको सबैभन्दा ठूलो राजनीतिक पार्टी– ९१ वर्ष पुरानो चिनियाँ कम्युनिस्ट पार्टी, जसले चीनको शासन–सत्ता समालेको छ, त्यस पार्टीको नेतृत्व गर्नुहुन्छ ।
संपूर्ण देश र बाहिरी विश्वले सीलाई रूचिका साथ विश्वासपूर्वक हेरिरहेका छन् ः
– अझ राम्रो किसिमले जनताको सेवा गर्न उहाँले चिनियाँ कम्युनिस्ट पार्टीलाई कसरी अगाडि बढाउनु हुन्छ < – “सबै दृष्टिबाट चित्तबुझ्दो उन्नतिशील समाज निर्माण” गर्नका लागि एक अरब तीस करेड जनसंख्या भएको चीनलाई चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको २०२१ को शतवार्षिकीसम्म उहाँले कसरी अधि बढाउनु हुन्छ ? त्यस बाहेक, जन गणतन्त्र चीनले २०४९ मा यसको स्थापनाको शतवार्षिकी मनाउँदासम्म सम्पन्न, बलियो, जनवादी सुसंस्कृत र सुव्यवस्थित समाजवादी देश निर्माण गर्ने लक्ष प्राप्त गर्न उहाँले देशलाई कसरी नेतृत्व गर्नुहुनेछ < –विश्वशान्ति र विकासका लागि उहाँले देशलाई कसरी नेतृत्व गर्नु हुने छ < – पहिलो पूर्ण बैठकको समाप्तिको ठीक पछाडि जब उहाँले नोभेम्बर १५ मा पत्रकारहरूलाई भेट्नुभयो, सीले चिनियाँ कम्युनिस्ट पार्टीका तीन दायित्वहरू – राष्ट्रका निम्ति, जनताका निम्ति र पार्टीका निम्ति – समावेश भएको सार कुरा बताउनु भयो । चिनियाँ सपनाका प्रवक्ता चिनियाँ कम्युनिस्ट पार्टीको महासचिवका हैसियतमा दिइएको पहिलो सार्वजनिक भाषणमा उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो, “जनताहरू एकदम राम्रो जीवनको आकाङ्क्षा राख्तछन्,– जे चिजका लागि हामी लडिरहेका छौँ, त्यो त्यही हो ।” कार्यभार समालेलगत्तै पछि सी र चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पोलिट ब्युरो स्थायी समितिका अरू ६ जना सदस्यहरूले चीनको राष्ट्रिय संग्रहालय रहेको “पुनर्जागरणको बाटो” प्रदर्शनी हेर्नुभयो । प्रदर्शनीले १९४० देखि राष्ट्रिय पुनरुत्थानको मार्गमा चीनले बेहोर्नुपरेका विशाल चुनौतीहरूबारे स्पष्ट पारेको थियो । “अहिले हरेक मान्छेले चिनियाँ सपनाबारे कुरा गरिरहेका छन् ।” उहाँले टिप्पणी गर्नुभयो । “मेरो विचारमा चिनियाँ राष्ट्रको महान् नवीकरणको ज्ञान हुनु नै आधुनिक इतिहासमा सबभन्दा ठूलो सपना हो ।” यो लक्ष्य प्राप्त गर्नका लागि सीले देश विकासका विविध पक्षमा आफ्नो दृष्टिकोण सुस्पष्ट किसिमले राख्नु भएको छ ः – आर्थिक विकासका लागि सीले उत्पादन वृद्धिमा अन्ध समर्थनको विरोध गर्नुहुन्छ र वैज्ञानिक विकासको सिद्धान्तलाई समर्थन गर्नुहुन्छ, जसले साधन र वातावरण दुवै सन्दर्भमा सन्तुलन खोज्छ । – राजनीतिक विकासबारे कुरा गर्दा, सबै शक्ति जनतामा निहित हुन्छ भन्ने विचारमा उहाँ जोड दिनुहुन्छ, र चिनियाँ विशेषता सहितको समाजवादको बाटोमा अघि बढ्दा सक्रिय र निरन्तर रूपको राजनीतिक सुधारका लागि आह्वान गर्नुहुन्छ । उहाँ कानुनी राज्य र संविधानको भावना अनुसार राजकीय सत्ताको अभ्यास गर्नुपर्ने कुरामा समेत जोड दिनुहुन्छ । – सांस्कृतिक विकासका संबन्धमा चिनियाँ राष्ट्रिय भावना र खास गरेर राष्ट्रगानमा अभिव्यक्त “हाम्रो विशाल पर्खाल निर्माण गर्नका लागि हामीले हाम्रो रगत र मासु प्रयोग गर्ने छौँ” भन्ने भावनाको मानवीय चेत विकास गर्ने र चिनियाँ भावनालाई मलजल गर्ने आकांक्षा राख्नुहुन्छ । – सामाजिक विकासका संबन्धमा उहाँ के कुरामा जोड दिनुहुन्छ भने हामी समाजवादको प्रारम्भिक अवस्थामा छौँ भन्ने तथ्यबारे हामी सचेत रहनु पर्छ । हामीले आर्थिक उन्नतिका माध्यमले जनताको जीवनस्तर सुधार्न र सुनिश्चित गर्न अविच्छिन्न रूपमा प्रयत्न गर्नुपर्छ । उहाँ, देशको वास्तविक अवस्थालाई ध्यानमा राखेर एउटा सुव्यवस्थित समाज निर्माणका लागि र असल जीवनका लागि समर्थन गर्नुहुन्छ । – उहाँ पर्यायवरणीय प्रगतिबारे, स्रोत र संरक्षण, वातावरणीय संरक्षण र विकासको दिगो स्वरूपका लागि राष्ट्रिय रणनीतिमा जोड दिनुहुन्छ । उत्तर–पश्चिमको लोएस पठारदेखि चीनको दक्षिणपूर्वी किनारसम्म, सुदूर स्थानीय इलाकाहरूदेखि केन्द्रीय नेतृत्वसम्म सीले सुगठित प्रकारको राजनीतिक जीवनवृत्त भोग्नुभएको छ र उहाँमा देश र जनताको अवस्थाबारे गहन प्रकारको ज्ञान छ । सीले दशकौँसम्म साङ्घाई र शान्सी, हेबेई, फुचियाङ र चेचियाङ, प्रान्त लगायत स्थानीय इलाकाहरूमा पार्टीको सरकारी अधिकारीका रूपमा काम गर्नु भएको छ र उहाँले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सचिवालयमा काम गर्न बेइजिङ आउनुभन्दा अगाडि सेनामा काम गर्नुभएको थयो । पार्टीलाई मजबुत बनाउनुपर्छ भन्ने कुरामा उहाँ पूर्ण रूपमा सचेत हुनुहुन्थ्यो र पार्टीले कडा मानदण्ड अनुरूप आपूmलाई अनुशासित राख्नुपर्छ भन्ने कुरामा उहाँले नियमित रूपमा जोड दिनुभयो । उहाँकै नेतृत्वमा थुप्रै आन्तरिक पार्टी नियम कानुनलाई पुनर्जीवित गराइएको थियो । उहाँ बारंबार के कुरामा जोड दिनुहुन्थ्यो भने पार्टीले आफ्नै आचरणलाई सुपरिवेक्षण गर्नुपर्छ र आपूmलाई कडा अनुशासनमा राख्नुपर्छ । नयाँ राजनीतिक ब्युरोको पहिलो अध्ययन सत्रमा उहाँले भन्नुभयो, “किराहरू कुनै कुहेको बस्तुमा बढ्न सक्छन्, ।” “धेरै तथ्यहरूले के प्रमाणित गरेका छन् भने अहिले भ्रष्टाचार मौलाएको छ । यदि यसमाथि लगाम लगाइएन भने हाम्रो पार्टी र देश निश्चित रूपमा विनाश हुनेछ । हामीले एकदम उच्च सतर्कता अपनाउनु पर्छ ।” “निर्णय गर्नका लागि चालिने पूरै प्रकृयाभरि छानबिनलाई अगाडि बढाउनु पर्छ” भन्ने विचार राख्दै सी छानविनप्रति धेरै ध्यान दिनुहुन्छ । उहाँले के कुरामा समेत जोड दिनु भएको छ भने सबै अधिकारीहरू तल्लो तहका जनताबीच जानुपर्छ र जनताले के सोच्छन् र के खोज्छन् भन्ने कुरा पत्ता लगाउनु र जनतासित सबभन्दा बढी सरोकार भएका समस्याहरूलाई निरूपण गर्नुपर्छ । २००८ मा सुरु गरेर उहाँले राष्ट्रव्यापी अध्ययनको नेताका रूपमा नेतृत्ववर्गमा रहेका समूहको प्रमुखका हैसियतमा सेवा गर्नुभयो र पार्टीभित्र वैज्ञानिक दृष्टिकोण र विकासलाई लागू गर्ने कार्य गर्नुभयो । यो १८ महिने कार्यक्रमले समग्र पार्टीको पक्षमा र त्यसभन्दा अझ बढी देशको पक्षमा,– वैज्ञानिक दृष्टिकोणका आधारमा विकास गर्ने सहमति निर्माणमा र धारणालाई आर्थिक र सामाजिक विकासको संवाहक बनाउन सहयोग गर्नुभयो । उहाँले चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको १८ औँ राष्ट्रिय सम्मेलनका लागि तयार गरिएको चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको १७ औँ प्रतिवेदन तयार गर्ने र त्यसबाहेक, चिनियाँ कम्युनिस्ट पार्टीको संविधान संशोधन गर्ने समूहको नेतृत्व गर्नुभयो, जसमध्ये दुवै सम्मेलनमा पारित गरिएको थियो र चीनको भविष्यका लागि दुवै महत्वपूर्ण मार्गदर्शक सिद्धान्त भएका छन् । जीवनको प्रारम्भिक कालदेखि नै सेनासित सीको संबन्ध थियो । विश्वविद्यालयबाट स्नातक तह पूरा गरेपछि उहाँले तीन वर्षसम्म चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय सैनिक आयोगमा काम गर्नुभयो । त्यो एउटा यस्तो काम थियो जसले सेनामा काम गर्नका लागि गहिरो रूचि जागृत गरायो । पछिका वर्षहरूमा उहाँले समन्वितिमा पार्टी र सरकारी पद ग्रहणका अतिरिक्त सैनिक सेवाको प्रमुखका रूपमा समेत काम गर्नुभयो । यस कामको सिलसिलामा उहाँ प्राथमिक तहका शैनिक गतिविधिसित परिचित हुनुभयो । २०१० मा उहाँ चिनियाँ कम्युनिस्ट पार्टीको उपाध्यक्ष हुनुभयो र २०१२ को नोभेम्बरमा केन्द्रीय समितिको १८ औँ पूर्ण बैठकले चिनियाँ कम्युनिस्ट पार्टीको अध्यक्षमा उहाँको नाम प्रस्तावित ग¥यो । हङकङ, मकाओ र ताइवानसित संबन्धित मुद्धाहरूसित पनि सी परिचित हुनुहुन्छ । फुचियानमा १७ वर्ष गरेको सेवाले उहाँलाई ताइवान र ताइवानको उद्यमशीलताबारे गहन जानकारी प्रदान ग¥यो । उहाँले फुचियानमा काम गर्दा मुख्य भूमि शियानमेनमा ताइवनको वाणिज्य संघको स्थापना भएको थियो । उहाँले ताइवानबाट आएका धेरै मानिसका समस्या समाधान गर्नुभयो र त्यसको परिणामस्वरूप तिनीहरूमध्ये धेरैबाट उहाँलाई एकजना “असल मित्र” का रूपमा लिइएको पाइयो । केन्द्रीय नेतृत्वको सदस्यका रूपमा सी हङकङ र मकाओ मामला हेर्ने प्रमुख हुनुभयो । उहाँले यी दुई विशेष शासित प्रदेशको दीर्घकालीन स्थायित्व र प्रगतिका लागि थुप्रै महत्वपूर्ण नीतिहरूको कार्यान्वयनमा सघाउनु भयो । २००८ र २००९ मा, जब हङकङ र मकाउ अन्तर्राष्ट्रिय आर्थिक सङ्कटबाट प्रभावित भैरहेका थिए, सीले आफ्नो समर्थन जनाउनका लागि ती दुवै प्रदेशको भ्रमण गर्नुभयो । उहाँले “हामीमा दृढ प्रतिज्ञा हुने हो भने सधैँ कठिनाइहरूभन्दा बढी उपायहरू हुन्छन्” भन्दै स्थानीय जनतालाई हौसला प्रदान गर्नुभयो । २०१२ मा राष्ट्रिय जन कांग्रेसका सहायकहरूसित र हङकङ र मकाउबाट आएका चिनियाँ जन राजनीतिक परामर्श सम्मेलनका सहभागीहरूसित वार्षिक “दुई अधिवेशन” मा कुरा गर्दा उहाँले हङकङ र मकाउका मानिसलाई एउटा राम्रो जीवनका लागि संघर्ष गर्दा सँगै बस्न आह्वान गर्दै प्राचिन साहित्यबाट एउटा भनाइ उद्धरण गर्नुभयो, “यदि दाजुभाइहरूको एउटै मन भयो भने, तिनीहरूको धारले धातु काट्न सक्छ ।” २००६ मा सीलाई बेइजिङको बहुप्रतीक्षित ओलम्पिक खेल २००८ को तयारीको नेतृत्व गर्न र त्यसपछि लगत्तै हुने ओलम्पिकको विशिष्ट घटनामा चीनको आतिथ्यका लागि प्रमुख भूमिका खेल्न अनुरोध गरियो । जनतालाई बाआमालाईजस्तै सम्मान गर्ने मान्छे जनतालाई आमाबालाईजस्तै सम्मान गर्ने बारेमा सीले धेरै अवसरहरूमा जनताप्रति उहाँको उच्च सम्मान रहेको कुरा अभिव्यक्त गर्नुभएको छ ः “cधिकारीहरूका मनमा रहेको जनताको महत्वले जनताका मनमा रहेको अधिकारीहरूको महत्वलाई निर्धारण गर्दछ ।” जनताप्रतिको उहाँको आदरभाव उहाँको विशिष्ट प्रकारको लालनपालन र शिक्षादीक्षाबाट पैदा भएको हो । यद्यपि उहाँ एकजना कम्युनिस्ट क्रान्तिकारी र पूर्व उप–प्रधानमन्त्री सी चुङसुनका पुत्र हुनुहुन्थ्यो, तथापि सी चिनफिङको बाल्यकाल सुखसयलमा बितेन । जब उहाँका पितालाई १९६२ मा दोष लगाइयो र कलङ्कित गरियो, त्यति बेलादेखि सीले कठिन समयको सामना गर्नुप¥यो । सांस्कृतिक क्रान्तिका समयमा उहाँले अपमान र भोकको सामना गर्नुप¥यो, घरबारबिहीन अवस्थाको अनुभव गर्नुप¥यो र एक पटक त हिरासतमा समेत पर्नुप¥यो । १६ वर्षको उमेरमा उहाँ उत्तर–पश्चिमी चीनको शान्सी प्रान्तको यानचुआनको लियाङजिहे नामको सानु गाउँमा बस्न र “शिक्षित युवा”का रूपमा स्वयंसेवकको काम गर्नका लागि स्वेच्छाले त्यहाँ जानुभयो । लेयस पठारको क्षेत्र रहेको त्यस ठाउँमा उहाँका पिता लगायतका क्रान्तिकारीहरू जन–क्रान्तिकारी परिषद्को स्थापनाका लागि उठेका थिए । एक जना सहरिया युवकका लागि त्यहाँको जीवन कष्टकर थियो । सुरुमा उपियाँहरूले धेरै सताउँदा उहाँ राम्ररी सुत्नसम्म पाउनु भएन । शान्सी गाउँमा उहाँले सबै प्रकारका कठिनाइहरूमा; माटो बोक्ने, कोइलाको गाडा तान्ने, खेती गर्ने र नहर खन्ने काम गर्नुप¥यो । उहाँ झन्डै १०० किलो गहुँले भरिएका दुइटा टोकरीको भार काँधमा बोकेर ५ किलोमिटर पहाडको बाटो हिड्न सक्नुहुन्थ्यो । स्थानीय मानिसहरू उहाँलाई “एकजना तगडा ठिटो” भन्थे । समय बित्दै जाँदा कठिन काम सजिलो भयो । गाउँलेका नजरमा सी एउटा समर्थ र परिश्रमी युवकका रूपमा देखिनुभयो । उनीहरूको विश्वास प्राप्त गरेपछि उहाँ गाउँको पार्टीप्रमुख निर्वाचित हुनुभयो । भूक्षय रोक्ने उद्देश्यले, जाडो मौसमको फुर्सदिलो समयमा नदीको बाँधलाई मजबुत बनाउनका लागि उहाँले किसानहरूको अगुवाइ गर्नुभयो, कृषि औजार निर्माण गर्नका लागि उहाँले गाउँमा कामीहरूको एउटा सानो सहकारी निर्माण गर्नुभयो र खाना पकाउने ग्याँस जम्मा गर्नका लागि एउटा मिथेन ग्यास ट्याङ्क निर्माण गर्नुभयो । भूपरिवेष्ठित शान्सीमा यो नै यस प्रकारको पहिलो निर्माण थियो । एक पटक “नमुना शिक्षित युवा”का रूपमा नामाङ्कित भएपछि उहाँलाई मोटर जडान गरिएको तीनपाङ्ग्रे साइकल उपहार दिइयो । उहाँले त्यसलाई गाउँलेको भलाइका लागि एउटा घुमन्ते ट्र्याक्टर, पीठो पिन्ने मसिन, गहुँ निफन्ने मसिन र पानी तान्ने मसिनमा रूपान्तरण गर्नुभयो । यद्यपि उहाँले स्कुल गएर पढ्न पाउनु भएन तथापि, उहाँले पढ्ने कामलाई कहिल्यै पनि रोक्नुभएन । उहाँले गाउँमा किताबको एउटा बाकस ल्याउनुभयो, र लिङ्जिआहेका गाउँलेहरूले भने अनुसार, उहाँ सधैँ “पहाडका भिराला पाखामा भेडा चराउँदा वा रातको समयमा मट्टीतेलको टुकी बालेर इँटाजत्तिकै मोटा पुस्तक पढ्नुहुन्थ्यो ।” त्यस प्रान्तमा सात वर्षको उहाँको बसाइमा उहाँले गाउँलेहरूसित घनिष्ट संबन्ध स्थापित गर्नुभयो । १९७५ मा सिन्ह्वा विश्वविद्यालयमा भर्नाका लागि सिफारिस भएपछि उहाँलाई बिदाई गर्न सबै गाउँलेहरू लाइन लागे र उहाँको बेइजिङ फिर्तीको यात्राका लागि उहाँको साथ लागेर एक दर्जन युवाहरू काउन्टीको सिटसम्म ३० किलोमिटर भन्दा बढी हिँडेर गए । सीले आफ्ना शानसीका गाउँलेहरूलाई कहिल्यै पनि बिर्सनु भएको छैन । उहाँ त्यहाँबाट हिँडेपछि पनि गाउँमा बिजुली बत्ती ल्याउन, एउटा पुल बनाउन र एउटा प्राथमिक स्कुललाई पुर्ननिर्माण गर्नका लागि उहाँले गाउँलाई मद्दत गर्नुभयो । जब उहाँ फुचोङ सहरको पार्टी प्रमुख हुनुभयो, उहाँ गाउँ फर्कनुभयो र घरैपिच्छे गएर मानिसहरूलाई भेट्नुभयो । उहाँले जेष्ठ नागरिकहरूलाई केही रकम दिनुभयो र केटाकेटीहरूका लागि नयाँ स्कुले झोला, कापी–कलम, घन्टी बज्ने घडी दिनुभयो । सी त्यही बेला फुचियानका प्रान्तीय उच्च अधिकारी हुनुहुँदा, जब एकजना किसान साथी बिरामी परे, उहाँले आफ्नै व्यक्तिगत खर्चमा उनलाई राम्रो उपचारका लागि फुचियान ल्याउनुभयो । वषौँसम्मको गाउँलेहरूसितको बसउठले उहाँलाई गाउँहरू र गाउँलेहरूलाई समेत बुझ्न सक्षम बनायो । सीले के भन्नुभएको छ भने ती दुईथरि मान्छेहरू जसले उहाँको जीवनमा उहाँलाई सबभन्दा ठूलो सहयोग गरे, ती क्रान्तिकारी दिग्गजहरू र एक पटक उहाँ बसेको शान्सी गाउँका जनताहरू थिए । उहाँ एउटा अलिकति लजालु किशोरका रूपमा गाउँमा पुग्नुभएको थियो र जनताका लागि केही गर्न दृढ प्रतिज्ञ एकजना २२ वर्षे युवाका रूपमा त्यहाँबाट फर्कनुभयो । सामान्य जनताप्रतिको सीको स्नेहले कैयौँ गम्भीर निर्णयहरूमा उहाँलाई प्रभाव पा¥यो । १९८० मा उहाँका समकालीनहरूमध्ये धेरैजसोले बन्द व्यापार वा अध्ययन गर्न विदेश जाने बाटो रोज्दा, सीले बेइजिङ्मा गरिआएको एउटा राम्रो जागिर छोड्नु भयो र उहाँ उत्तरी चीनको हपेइ प्रान्तको सानो र गरिबीले सताइएको सानो काउन्टी झेङ्डिङमा पार्टी समितिको सहायक सचिवका रूपमा काम गर्न जानुभयो । १९८१ मा यो काउन्टीको प्रतिव्यक्ति आय १५० चिनियाँ मुद्राभन्दा कम थियो । सुरुमा स्थानीय मानिसहरूले ती युवकको सामथ्र्यप्रति शंका गरेका थिए । सी आफ्नो कार्यालयमा बस्नुहुन्थ्यो र क्यान्टिनमा खाना खाने गर्नुहुन्थ्यो । उहाँ रुखमुनि बसेर सामान्य खाना खाइरहँदा मानिसहरूसित कुराकानी गरिरहेको देखिनुहुन्थ्यो । किसानहरूले खाना कसरी खान्छन् भन्ने पत्ता लगाउन उहाँ प्रायः गाउँतिर जानुहुन्थ्यो । यसरी, उहाँले स्थानीय जनताको विश्वास जित्नुभयो । १९८८ मा उहाँ त्यस समयको देशका गरिब भागहरूमध्ये एक मानिएको दक्षिणी चीनको फुचियान प्रान्तको निग्दे प्रशासनिक क्षेत्रको पार्टी सचिव हुनुभयो । जनताका आवश्यकताहरूले सीको हृदयमा गम्भीर प्रभाव पारे, र तल्लो तहका इकाइहरूको भ्रमण उहाँको कामको नियमित अङ्ग बन्यो । निग्देमा उहाँको कार्यकालमा स्वशासित क्षेत्रको सुदूर कुनासम्म पुग्नका लागि उहाँले कैयौँ दिनसम्म पहाडी मार्गमा यात्रा गर्नुभयो । बाटो कति खराब थियो भने दुखेको ढाड सोझ्याउनका लागि उहाँ घरीघरी रोकिनुपथ्र्यो । एक पटक उहाँ राजमार्गसित नजोडिएको, सियाडाङ् भन्ने गाउँको घञ्च्याङ्घुञ्चुङ परेको बाटोमा लगभग पाँच घन्टासम्म हिड्नुभयो । त्यहाँ उहाँले गाउँलेहरूबाट न्यानो स्वागत पाउनुभयो । सी त्यति बेलासम्म त्यस ठाउँमा पुग्ने सबभन्दा ठूला अधिकारी हुनुहुन्थ्यो भन्ने कुरा उनीहरूले बताए । उहाँले निङ्देका भत्केबिग्रेका खरका झुपडीहरूको पुनर्निमाण गर्नका लागि मदत गर्नुभयो र डुँगामा बसेर जीवन निर्बाह गर्ने माझीहरूका लागि घर निर्माण गर्नुभयो । फुचियान प्रान्तको राजधानी फुचोउमा पार्टी सचिवका रूपमा काम गर्दा अधिकारीहरूले निवेदकहरूसित आमने–सामने भेट्ने पद्धतिको स्थापनार्थ उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । पछि उहाँले जहाँजहाँ काम गर्नुभयो, ती सबै ठाउँमा त्यही पद्धति लागु गर्नुभयो । एक पटक फुचोउमा उहाँ र अरू उच्च अधिकारीहरूले दुई दिनमा ७०० भन्दा बढी निवेदकहरूसित भेट गर्नुभयो र तिनीहरूका धेरैजसो समस्या तत्कालै समाधान गर्नुभयो, वा समाधानको उपाय पत्ता लगाउन निश्चित समयावधि निर्धारण गर्नुभयो । २००५ मा चिनियाँ नववर्षभन्दा अगाडि पूर्वी चीनको चेचियाङ प्रान्तमा काम गर्दा उहाँले चाङ्कुआन नामको कोइला खानीको निरीक्षण गर्नुभयो, लगभग १००० मिटर तल जमिनमुनि जानुभयो र त्यसपछि खानी मजदुरहरूलाई भेट्न र तिनीहरूको कामको स्थिति बुझ्नका लागि साँगुरो र तिखा दरारहरू भएको कुप्रो भागबाट १५०० मिटरजति भित्र हिँडेर जानुभयो । समाचारका माध्यमहरूद्वारा जनतासितको संवादलाई सीले धेरै ठूलो महत्व दिनुभयो । उहाँले चेचियाङ दैनिक को एउटा जनप्रिय स्तम्भमा चे सिन गुप्त नामबाट धेरै रचनाहरू लेख्नुभयो । उहाँका २३२ रचनाहरूमा उहाँले सामान्य जनताका दैनिक चाखका विषयमा बहस चलाउनु भयो । उहाँका लेखहरू असाध्यै जनप्रिय थिए र मानिसहरूले उहाँलाई “ठूला समस्याहरूबारे छलफल गर्न सामान्य शब्द प्रयोग गर्ने” लेखकका रूपमा प्रशंसा गरे । सी एकजना नरम व्यक्ति भए पनि अधिकारीहरूलाई अनुशासनमा राख्न र जनताको चाहना विपरीतका कामलाई रोक्न धेरै कडा हुनुहुन्छ । निङ्देमा अधिकारीहरूले एउटा अवैधानिक गृह निर्माण कार्यमा गरेको अनुसन्धानमा उहाँ रिसाउनु भयो र टेबुल ठोक्तै सोध्नुभयो, “हामीले केही सय अधिकारीहरूका विरुद्ध काम गर्ने कि लाखौँ जनतालाई निराश पार्ने ?” यस अवधिमा चेचियाङ्मा थुप्रै अधिकरीहरूलाई तिनीहरूका अनियमित कार्यका लागि दण्ड गरिएको थियो । सी एकजना संवेदनशील मानिस हुनुहुन्छ । हरेक चिनियाँ नयाँ वर्षमा उहाँ आफ्ना गुरुहरूलाई शुभकामना कार्ड पठाउनुहुन्छ । उहाँले चेङ्डिङ् पार्टी समितिसित भएको एउटै मात्र कार युद्धमा विशिष्टता हासिल गरेका मानिसहरूका लागि प्रदान गर्नुभयो र विशेष रूपमा तिनीहरूका लागि एउटा क्लिनिक र क्लब निर्माण गर्नुभयो । फुचोउमा छँदा उहाँले गरिव परिवारका केटाकेटीहरूलाई स्कूल पठाउन आफ्नै गोजीबाट दाम हालेर सहयोग गर्नुभयो। उहाँको काम गर्ने शैलीले उहाँलाई “जनताका सचिव” गुप्तनामले परिचित गरायो । एक पटक उहाँले भन्नुभयो, “अधिकारीहरूले उहाँका मातापितालाई माया गरेजस्तै किसिमले जनतालाई माया गर्नुपर्छ, उनीहरूको भलाइका लागि काम गर्नुपर्छ र उनीहरूलाई समुन्नतिको बाटोतिर अग्रसर गराउनुपर्छ ।” दूरदृष्टि भएका नेता राष्ट्रको भविष्यप्रति सीले निरन्तर उत्तरदायित्वको भावना प्रदर्शन गर्नुहुन्छ र उहाँले सुधार र खुलापनका लागि अगाडि बढ्ने आफ्नो प्रतिज्ञाको घोषणा गर्नु भएको छ । उहाँको राजनीतिक जीवनभरि उहाँको दूरदृष्टि र संकल्पका, साथै, महान् उद्देश्यका लागि व्यक्तिगत लाभ र अस्थायी ख्यातिलाई बलिदान दिने उहाँको इच्छा सुस्पष्ट भएको छ । फुचियानको एउटा बन्दरगाह सहर र चीनका विशेष विकास क्षेत्रहरूमध्येको एक सियामेनमा काम गर्दा उहाँले सियामेनको सामाजिक आर्थिक विकास योजना १९८५–२००० को मस्यौदाको जिम्मा लिनुभयो जसले त्यसको सहरी योजना र भविष्यको आर्थिक विकासको मजबुत जग बसाल्यो । उहाँलाई आर्थिक सुधारको प्रमुख बनाइएको थियो । उहाँको नेतृत्वमा सियामेनको सुधार र खुलापनलाई अघि बढाउन धेरै नीतिहरू र कदमहरूलाई सक्रिय पारिएको थियो । सियानमेनलाई “राजकीय योजनामा विशेष रूपमा नामाङ्कित गरिएको सहर” का रूपमा समावेश गर्ने कुरालाई मूर्तरूप दिन सी सक्रिय हुनुहुन्थ्यो, जुन स्वीकृत भयो र उहाँले प्रान्त छोडेको केही समयपछि सहरलाई फाइदा भयो । हपेई प्रान्तको चेङडिङमा काम गर्दा, जब उहाँले टेलिभिजनका लागि नाट्य–रूपान्तरण गरिएको एउटा उत्कृष्ट जनप्रिय उपन्यास रातो घरको सपनाका निर्माता, चलचित्र निर्माणका निम्ति एउटा उपयुक्त स्थानको खेजीमा छन् भन्ने कुरा थाहा पाउनुभयो उहाँले यसमा व्यापारिक संभाव्यताको एउटा अवसर देख्नुभयो । उहाँले चेनडिङमा उपन्यासमा चित्रित “रोङ गृह” नामले चिनिएको एउटा ठूलो पर्खाल सहितको कम्पाउन्ड भएको आवासगृह निर्माणको प्रस्ताव राख्नुभयो । टेलिभिजन सुटिङका लागि प्रयोग गरिएको कम्पाउन्ड पछि पर्यटकीय आकर्षणको केन्द्र बन्यो । निर्माण भएको वर्ष नै पर्यटकबाट भएको रोङ गृहको आम्दानीले एक करोड चिनियाँ मुद्रा नाघ्यो । यो रकम सुरुमा निर्माण कार्यमा खर्च भएको रकमभन्दा बढी हो । यो ठाउँ १७० भन्दा बढी टेलिभिजन नाटकहरू छायाङ्कन गर्नका लागि प्रयोग भएको छ र यहाँ वर्षमा १३ लाख भन्दाबढी पर्यटकहरू आउँछन् । फुचोउमा, व्यापक विचार–विमर्शपछि उहाँ र उहाँका सहकर्मीहरूले तीन–, आठ र बीस वर्षे फुचोउ विकास लक्ष्य भएको योजना अघि सार्नुभयो । योजनाकालमा उल्लेख गरिएका सबै मुख्य लक्ष्यहरू समयमा नै हासिल भए र सीले त्यहाँ काम गरेको समयमा फुचोउमा स्थापना भएका कैयौँ उद्यमहरू अहिले अग्रपङ्तिका उद्योगमा रूपान्तरित भएका छन् र विगत दुई दशकदेखि तिनीहरूले सहरको विकासमा महत्वपूर्ण भूमिका खेलेका छन् । फुचियानको गभर्नरका रूपमा काम गर्दा खाना खेरफाल्नेका विरुद्ध कडा कारबाही गर्ने र खाद्य सुरक्षणको सुनिश्चितता गर्ने अभियान चलाउने उहाँ देशको पहिलो व्यक्ति हुनुहुन्थ्यो । १९९९ मा उहाँले सूचना–प्रविधिको आधारशिलामा सुधार गर्ने र जनतालाई मदत गर्नका लागि सूचना प्रविधि प्रदान गर्ने विचार अगाडि सार्दै त्यसको नेतृत्व गर्नुभयो । २०१० मा फुचियान चीनको त्यो पहिलो प्रान्त भयो जहाँ सबै अस्पतालहरू कम्प्युटर सञ्जालद्वारा जोडिएका थिए र औषधी उपचारका लागि प्रत्येक व्यक्तिलाई डिजिटल कार्ड उपलब्ध गराइएको थियो । २००२ मा फुचियानले सामूहिक वन–संपत्ति अधिकार योजना लागू ग¥यो, जुन देशमा यस किसमको यो नै पहिलो योजना थियो । सीको कार्यकालमा फुचियान पर्यावरणीय सन्तुलनलाई पुनस्थापित गर्ने र वातावरण संरक्षण गर्ने चीनका प्रमुख प्रान्तहरूमध्ये समेत एक भयो । यसले फुचियानलाई पानी र हावाको गुणस्तरमा एकदम राम्रो भएको प्रान्त र त्यसरी नै, पर्यावरण र वातावरण संरक्षणमा देशमा नै सबैभन्दा उत्तम प्रान्त बनाएको छ । २००२ मा सी आर्थिक रूपमा चीनका विकसित प्रान्तहरूमध्ये एक चेचियाङ प्रान्तमा सरुवा हुनुभयो । त्यहाँ उहाँले यथार्थ तथ्य बुझ्नका लागि विस्तृत भ्रमण गर्नुभयो र २००३ मा प्रान्तको अग्रगामी विकासमा गहकिलो आधारशिला राख्तै “आठवटा उपयोगिताको पूर्ण रूपमा प्रयोग र आठवटा प्रमुख कदमलाई व्यवहारमा लागू गर्ने” योजना निर्माण गर्नुभयो र प्रयोगमा ल्याउनुभयो । उहाँले प्रान्तको बृहत् र अदक्ष प्रकारको वृद्धिदरलाई विस्थापित गर्दै स्थानीय औद्योगिक पुनः निर्माणको थालनी गर्नुभयो र प्रान्तभन्दा बाहिर रहेका उद्योगहरूलाई चेचियाङमा लगानी गर्न उत्साहित गर्नुभयो । यस अतिरिक्त उहाँले, सामग्री उत्पादन र व्यापारलाई बराबर प्राथमिकता दिने विकासको एउटा यस्तो तरिका प्रस्ताव गर्नुभयो जुन चेचियाङको स्थानीय वातावरणका लागि उपयुक्त थियो । उहाँले स्थानीय कम्पनीका समुद्रपार व्यापार विस्तारका प्रयासहरूलाई र त्यसरी नै, सामान्य नागरिकका उद्योगधन्दालाई समर्थन र सहयोग गर्नुभयो । त्यही समयमा उहाँले तिनीहरूको लुकेर बसेको शक्तिलाई निकाल्न र एउटा एकीकृत आर्थिक शक्तिकेन्द्र स्थापना गर्न चेचियाङ र छिमेकी शाङ्घाई र जीयाङ्सु प्रान्तबीच सहयोगका लागि तिनीहरूलाई उत्साहित गर्नुभयो । २००४ मा सीको नेतृत्वमा चेचियाङले सामुदायिक स्तरको जनवादलाई सुधार्न एउटा प्रयत्न ग¥यो । गाउँहरूले गाउँका पार्टी समितिहरू र जनताहरूबीच भएका सार्वजनिक गतिविधि संबन्धी प्रशासनिक समितिहरूको सुपरिवेक्षण गर्नका लागि विशेष समितिहरू निर्माण गरे । यो एउटा यस्तो कदम थियो जसलाई सर्वसाधारण जनताद्वारा स्वागत गरिएको थियो । चेचियाङ नमुनाबाट जन्मेका गाउँ पर्यवेक्षण समितिहरू २०१० मा चिनियाँ विधायिकाको सर्बोच्च अङ्ग पार्टी समितिको स्थायी समितिबाट गाउँलेहरूको सुव्यवस्थित कानुनका समितिहरूका लागि एउटा संसोधनद्वारा लागु गरिएको थियो । स्थानीय अर्थतन्त्रको विकास गर्नका लागि सीले चेचियाङ्का जनतालाई तिनीहरू आफैँमाथि भर पर्न आह्वान गर्नुभयो । चेचियाङका मानिसहरू व्यापारिक दिमागका छन् र व्यापार सञ्चालन गर्नका लागि तिनीहरूको समृद्ध परंपरा छ भन्ने कुरामा उहाँ पूर्ण सचेत हुनुहुन्थ्यो । चेचियाङमा प्राकृतिक साधनस्रोत कम भएको हुनाले मानिसहरूले कडा परिश्रम गर्नु परेको थियो र शाङ्घाई र चियाङसुजस्ता अरू ठाउँमा अवसरहरूको खोजी गर्नु परेको थियो । सीको नेतृत्वमा चालिएका कैयौँ कदमहरूले चेचियाङमा मात्र नभएर याङ्जे नदीको मुखद्वीपको पूरै क्षेत्रमा उल्लेखनीय रूपमा सामाजिक आर्थिक विकासको विस्तार ग¥यो । केन्द्रीय नेतृत्वमा पदोन्नति हुनुअघि, शाङ्घाई उहाँको अन्तिम स्थानीय कार्यालय थियो । देशको आर्थिक केन्द्रको तुलनात्मक रूपमा छोटो कार्यकाल भएर पनि याङजे नदीको मुखको आर्थिक एकीकरणलाई सुधार गरेर र त्यस क्षेत्रमा शाङ्घाईको नेतृत्वदायी भूमिकालाई वृद्धि गरेर उहाँले आफ्नो छाप छोड्नुभयो । सीले शाङ्घाई सहरको आदर्श वाक्यलाई औपचारिक शब्दमा “ज्ञान सम्पन्न, बुद्धिमान्, खुला दिलको र विनयशील” जोड्नुभयो जसबारे त्यसअघि “समावेसी र उदात्त” मात्र लेखिएको थियो । यसको आशय सहरको सारलाई समात्नु थियो । शाङघाईका सञ्चार गृहहरूले के कुरा उल्लेख गरे भने यी सुधारहरूले शाङ्घाईलाई वाँकी दुनियाँसित राम्ररी प्रस्तुत गर्न सघाए । ती परिवर्तनहरूले घर बाहिरको ध्यान समेत खिचे । केवल कडा परिश्रमले मात्र हामी अगाडि जान सक्छौ“ “खोक्रो गफले देशको कुभलो गर्छ, जब कि कठिन परिश्रमले यसलाई फलाउँछ, फुलाउँछ ।” चिनियाँ कम्युनिस्ट पार्टीका नयाँ अगुवा निर्वाचित भएको १५ औँ दिनमा बेइजिङमा आयोजित “पुनर्यौवनको बाटो” नाम दिइएको प्रदर्शनीको निरीक्षणका क्रममा सीले टिप्पणी गर्नुभयो । “कडा परिश्रम”लाई ठाउँमा राख्न सीले चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको राजनीतिक विभागको बैठकको अध्यक्षता गर्नुभयो जसले पार्टीको आचरण र जनतासित यसको संबन्ध सुधार्न “आठ नियमहरू” पारित ग¥यो । ती नियमहरूमा जनतासित बढी संपर्क, थोरै सदस्य सहभागी भएको हल्का यात्रा, थोरै ट्राफिक भएको बाटो प्रयोग गर्ने, बैठकहरू र भाषणहरू छोट्याउने, र थोरै खर्च गर्ने बानी बसाल्ने पर्दथे । नयाँ नियमहरूले देशभित्र र बाहिर दुवै ठाउँमा सकारात्मक प्रतिकृया प्राप्त गरेका छन् । “केवल कडा परिश्रमले मात्र हामी अगाडि बढ्न सक्छौँ ।” उहाँले एकफेर टिप्पणी गर्नुभयो । जनतालाई सबभन्दा बढी असर गर्ने समस्याहरू समाधान गर्न उहाँ ठोस प्रयासको माग गर्नुहुन्छ । उहाँ के कुरामा विश्वास गर्नुहुन्छ भने कडा परिश्रम बिना जतिसुकै राम्रो योजनाको पनि कुनै अर्थ हुँदैन । उहाँले चेङडिङ काउन्टीमा सेवा गर्दा, सीले के कुरा भन्नुभयो भने गरिबी हटाउन र स्थानीय आर्थिक विकासका लागि यसको मानवीय संसाधनको विकास मुख्य कुरा हो । उहाँले धेरै व्यावसायिक दक्षता भएका मानिसहरूलाई काउन्टीमा बोलाउनुभयो र देशभरिका प्रतिभाशाली मानिसहरूका लागि तालिम दिनका लागि विज्ञापन गर्नुभयो । १९८३ को हिउँदको एक दिन, चेङडिङमा काम गर्नका लागि श्रृङ्गारका सामग्रीहरूबारेको एकजना विशेषज्ञलाई निमन्त्रण गर्न उहाँ हपेईको प्रान्तीय केन्द्र शिचियाचुङ जानुभयो । ती विशेषज्ञको पूरा ठेगाना नभएको हुनाले उहाँ सोधखोज गर्दै घरघर जानुभयो र त्यही दिन साँझ उनको नाम लिएर उनको घर नजिकै सडकबाट बोलाउँदा सीले उनलाई भेट्नुभयो । सी र ती विशेषज्ञबीच राति अबेरसम्म कुराकानी भयो र ती मानिसले अन्त्यमा सीको अनुरोध स्वीकार गरे । पछि उनले पहिलो वर्षमा नै देशको लागि चिनियाँ मुद्रा ३,००,०००। भन्दा बढी राजस्व सिर्जना गरे । त्यही वर्ष सीले प्रतिभाशाली मानिसहरूलाई तालिम दिनका लागि नौवटा तरिका समावेश गरिएको एउटा लेख प्रकाशित गर्नुभयो । कुनै बेला त्यो दुर्लभ थियो र हपेई दैनिक को मुखपृष्टमा प्रमुख समाचार बन्यो । उहाँले विशेषज्ञ र विद्वान्हरूलाई, त्यसरी नै कलेजहरू र अनुसन्धान केन्द्रहरूलाई १०० भन्दा बढी पत्र लेख्नुभयो र दर्जनौ विशेषज्ञहरूलाई भेट्न जानुभयो । दुई वर्षभित्र, चेङ्डिङले ६८३ जना पेशागत विशेषज्ञहरूलाई र आर्थिक सल्लाहकारका रूपमा ५३ जना ख्याति प्राप्त विशेषज्ञहरूलाई आकlष{त ग¥यो । त्यति बेला, चेङडिङका पार्टी सहायक सचिव रहेका आफ्ना साथी लु युलानसँगै, सीले बलियो प्रतिपक्षको मुकाबिला गर्दै, आवश्यक अन्न खरिद गर्नु परेको कारणले देशले अति धेरै कठिनाइ भोग्नु परेको कुरो विशिष्ट अधिकारीहरूसित भन्नुभयो । अन्त्यमा समस्या समाधान गरियो र स्थनीय मानिसहरूमाथिको गह्रौँ बोझ हटाइएको थियो । निङ्डेमा सी व्यवहारिक र यथार्थवादी पनि हुनुहुन्थ्यो । उहाँले त्यस ठाउँको एउटा स्थानीय विशेष परिकारका लागि पहेँला भ्यागुताहरू व्यवसायिक रूपमा पाल्नका लागि उत्साहित गर्नुभयो र त्यसपछि स्थानीय मछुवारहरूको आम्दानी उल्लेख्य रूपमा वृद्धि भयो । उहाँले पार्टी र सरकारका अधिकारीहरूलाई जनताका लागि सहज रूपमा उपलब्ध हुन आदेश दिनुभयो । फुचाउमा काम गर्दा, उहाँले सरकारी संकायहरूलाई बढी प्रभावकारी बनाउनका लागि “विशेष किसिमका समस्याका लागि विशेष किसिमका कार्यविधि, र काम ठीक किसिमले गर” भन्ने सिद्धान्तको वकालत गर्नुभयो । यस सिद्धान्तले ताइवानका धेरै कम्पनीहरूलाई आकर्षित ग¥यो र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउन मदत ग¥यो । १९९२ मा उहाँले राज्यको स्वामित्व भएका १२ वटा ठूला र मध्यम किसिमका उद्यमहरूलाई पाइलट प्रोजेक्टका रूपमा लिएर विदेशीहरूको लगानी रहेका उद्यमहरूको व्यवस्थापन तरिका लागु गर्न देशको नेतृत्व लिनुभयो । उहाँले स्थानीय वासिन्दाहरू र समुद्रपारका व्यापारीहरूलाई तिनीहरूका काम र दैनिक जीवनमा मदत गर्दै सरकारी कार्यविधिमा रहेका दुइटा पुस्तिकाहरू सङ्कलन गरी तयार गर्न समेत सुझाव दिनुभयो । २००० मा सीले फुचियानभरि सरकारी निकायहरूलाई बढी प्रभावकारी बनाउन नेतृत्व लिनुभयो । उहाँले सरकारको स्वीकृति आवश्यक पर्ने कागजपत्रहरूको मात्रा घटाउनका लागि सरकारी कामकारबाही र तौर तरिकामा परिवर्तनको प्रस्ताव राख्नुभयो । २००१ को अन्त्यमा, संपूर्णमा ४० प्रतिशतभन्दा बढी, ६०६ विषयलाई हटाइएको थियो । २००१ मा सरकारी कामकाजलाई सार्वजनिक गर्ने लक्ष्य लिएको फुचियान नीति निर्माण र कार्यान्वयन गर्ने चीनको पहिलो प्रान्त बन्यो । तिनीहरूको प्रशासकीय कार्यलाई पारदर्शी बनाउन सबै काउन्टीहरू, सहरहरू, जिल्लाहरू र प्रान्तहरूका लागि आवश्यक पर्ने विस्तृत कार्यनीति निर्माण गरिएको थियो । सबै सरकारी निकायहरूमा अनजानमा हुने गल्तीलाई कम गर्नका लागि एउटा चेतावनी पद्धति स्थापित गरिएको थियो । यसका अतिरिक्त मानिसहरूले आफ्ना आवाज सुनाउन र सुझावहरू दिन सकून् भनेर एउटा कार्यदक्षता उजुरी केन्द्र स्थापना गरिएको थियो । २००२ को अगस्तमा सीले एउटा प्रमुख राष्ट्रिय अखबारमा “चिनचियाङ अनुभव” विषयमा एउटा लेख प्रकाशित गर्नुभयो जसले बजार अनुकूलको विकासको वकालत गरेको थियो र स्थानीय सुविधाको भूमिकामा जोड दिएको थियो । २००२ मा नै उहाँले अधिकारीहरू र प्राविधिकहरूलाई गाउँमा काम गर्न जानका लागि पठाउने नानपिङ् सहरको अनुभवलाई व्यक्त गरेर अर्को लेख प्रकाशित गर्नुभयो । अधिकारीहरू र किसानहरूबीचको संबन्धलाई सुमधुर बनाउँदै र अधिकारीहरूलाई तल्लो तहका परिणामप्रति बढी अनुकूल बनाउन सहयोग गर्दै नानपिङबाट पूरै प्रान्तभरि विस्तारित गरिएको थियो । चेचियाङ्मा सीले जनताको सुरक्षा, वातावरण, संस्कृति, कानुनको राज र समुद्रको अर्थव्यवस्थामा प्रान्तीय विकासमा जोड दिनुभयो । यी लक्षहरू प्राप्त गर्न उहाँले व्यक्तिगत घटना अध्ययन सञ्चालन गर्नुभयो र सामान्य योजनामा भाग लिनुभयो । प्रान्तीय नीतिहरूद्वारा अलग अलग स्थानीय वासिन्दाहरू कसरी प्रभावित भएका थिए भन्ने बुझ्नका लागि उहाँले दुई वर्षभन्दा कम समयमा दक्षिण पश्चिमी चेचियाङ्मा रहेको चुनअन काउन्टीको सीयाचियाङ् नामको एउटा अविकसित पहाडी गाउँको पाँच पटक भ्रमण गर्नुभयो । पहाडको भित्री भागमा अवस्थित यो गाउँ काउन्टीको केन्द्रबाट लगभग ६० किलोमिटरको दूरीमा पर्दछ । प्रत्येक भ्रमणका बेला सीले गाउँलेहरूसित घरघरमा र खेतबारीमा गएर कुराकानी गर्नुभयो । एक पटक उहाँले मिथेन ट्याङ्कको निर्माणको निरीक्षण गर्नुभयो । उहाँले के भन्नुभयो भने ३० वर्ष अगाडि, जति बेला उहाँ एउटा गाउँमा बस्नुहुन्थ्यो, त्यति बेला उहाँ मिथेन ट्याङ्क बनाउन दक्ष हुनुभएको थियो । सीले गाउँलेहरूलाई ट्याङ्कको व्यवस्थापन राम्ररी गर्न र गाउँलाई मिथेन ग्यास प्रयोगमा एउटा नमुना गाउँ बनाउनका लागि उत्साहित गर्नुभयो । उहाँले समुद्र किनारको अर्थव्यवस्थामा सुधार ल्याउनका लागि विशेष ध्यान दिनुभयो । २००२ को डिसेम्बरमा उहाँले चेचियाङ्लाई बलियो समुद्री अर्थ व्यवस्था भएको प्रान्त बनाउने प्रस्ताव अधि सार्नुभयो र यो लक्षलाई साकार पार्नका लागि विशेष योजना र उपायहरू सहितको सामान्य प्रस्तावको अनुसरण गर्नुभयो । त्यति बेलादेखि चेचियाङ्को सामुद्रिक अर्थव्यवस्थाले १९.३ प्रतिशत वार्षिक वृद्धिदर सहित शीघ्र रूपमा विकास गरेको छ । २००५ देखि चेचियाङ्को कुल गार्हस्थ आम्दानी ८ प्रतिशतले वृद्धि भएको छ । सीले निङ्पो र चोउशान बन्दरगाहको एकीकरण निम्ति जोड दिनुभयो । २००६ मा निङ्पो–चोङ्शान संयुक्त बन्दरगाहले ४२ करोड टन कार्गो व्यवस्थापन गरेर चीनभरमा दोस्रो र विश्वका प्रमुख तीन मध्ये एक भएर एउटा मानक कायम ग¥यो । उहाँले चीनको त्यस अघिका समुद्र पार गर्ने पुलहरूभन्दा लामो, र एक समयको सन्सारकै सबभन्दा लामो हाङ्चौ बन्दरगाहको पुल निर्माणमा अग्रसरता देखाउनुभयो । २००३ मा सीले गाउँले समुदायहरूलाई सहरी समुदायलाई जसरी नै व्यवस्थापन गरिनुपर्छ र जीवनको गुणस्तर संबन्धमा गाउँ र सहरबीचको खाडललाई पुर्नका लागि हरेक किमिका प्रयास गर्नुपर्छ भन्ने प्रस्ताव राख्नुभयो । सीको कार्यकालमा चेचियाङ्ले एकपछि अर्को गर्दै यसको विकास लक्ष्यबारे बुझ्यो । वातावरणीय विज्ञानमा २००५ मा यो प्रान्त सबै प्रान्तभन्दा माथिल्लो तहमा थियो । २००६ मा चेचियाङ्लाई देशको सबैभन्दा बढी सुरक्षित प्रान्त बन्यो झण्डै ९५ प्रतिशत भन्दा बढी जनता प्रान्तको जन सुरक्षासित सन्तुष्ट थिए । चेचियाङ्मा उहाँको कार्यकालभरि, प्रान्तको कुल गार्हस्थ आम्दानी २००४ मा चिनियाँ मुद्रामा दश खर्ब नाघ्यो र यसको वार्षिक प्रतिव्यक्ति कुल गार्हस्थ आय २००५ मा अमेरिकी डलर ३०००।– भन्दा बढी भयोे र २००६ मा झण्डै ४०००।– डलर पुग्यो । २००६ मा यो प्रान्त दिगो विकासमा शाङ्घाई, बेइजिङ् र तियानचिङ्पछि चौथो भयो । साथै, “गरिबीले सताइएका” रूपमा वर्गीकरण गरिएका यस प्रान्तका सबै काउन्टीहरू र सहरहरू त्यो समयावधिमा गरिबीबाट मुक्त भएर माथि उठाइएका थिए । २००७ मा सी चिनियाँ कम्युनिस्ट पार्टी शाङ्घाई नगरपालिका समितिको सचिवमा नियुक्त गरिनुभएको थियो । उहाँको नियुक्तिपछिको पहिलो महिनामा, सीले जीवनस्तर, विकास, शाङ्घाई विश्व व्यापार मेला र भ्रष्टाचार विरुद्धको लडाईँ विषयमा अनुसन्धान योजनाहरू सुरु गर्नुभयो । नगर क्षेत्रमा विद्यमान कठिनाइहरू र बाधा अड्चन हुँदा पनि सीले स्थानीय अधिकारीहरूलाई अत्यन्त धेरै शक्तिशाली बनाएर, शाङ्घाईप्रतिको धारणालाई पुन निर्माण गरेर, र अर्को पाच वर्षका लागि शाङ्घाईको कार्य योजना अघि सारेर चिनियाँ कम्युनिस्ट पार्टीको नवौँ शाङ्घाई नगरपालिका सम्मेलनको आयोजना गर्नुभयो । सी सधैँ के कुरामा विश्वास गर्नुहुन्छ भने एउटा काउन्टीको पार्टी प्रमुखले काउन्टीका सबै गाउँहरूको यात्रा गरेको हुनुपर्छ र एउटा पार्टी प्रमुखले सबै जिल्ला र सहरहरूको र प्रान्तीय पार्टी प्रमुखले प्रान्तका सबै काउन्टीहरू र सहरको भ्रमण गरेको हुनुपर्छ । उहाँले चेङ्डिङ्का सबै गाउँहरूको यात्रा गर्नुभयो । निग्डेमा उहाँले पहिला तीन महिनामा नौवटा काउन्टीहरूको यात्रा गर्नुभयो र पछि बाँकी रहेका धेरैजसो सहरहरूको निरीक्षण गर्नुभयो । २००२ मा चेचियाङ्मा सरुवा भएपछि, उहाँले केवल एक वर्षभित्रमा ९० काउन्टीहरूको निरीक्षण गर्नुभयो । शाङ्घाईमा उहाँको कार्यकालमा, उहाँले सात महिनामा १९ जिल्ला र सबै काउन्टीहरूको निरीक्षण गर्नुभयो । उहाँ केन्द्रीय नेतृत्वमा काम गर्न आएपछि, उहाँले सबै ३१ प्रान्त, स्वशासित क्षेत्रहरू र नगरपालिकाहरूको मुख्य भूमिको केन्द्रीय सरकारका मातहतमा निरीक्षण गर्नुभयो । विश्व दृष्टिकोण भएका मानिस चीनमा काम गरिरहेका विदेशी विशेषज्ञहरूसितको हालसालैको एउटा बैठकमा सीले के भन्नुभयो भने एउटा जिम्मेवार देशका हैसियतमा चीनले आफ्ना मामलालाई मात्र व्यवस्थापन गर्ने होइन बरू बाँकी विश्वसितका यसका संबन्धहरूलाई समेत समाल्ने छ जसबाट बढी प्रभावकारी बाहिरी वातावरण निर्माण गर्न र विश्वशान्ति र विकासका लागि अझ ठूलो योगदान पुग्ने छ । “चीनले बाँकी विश्वबारे अझ बढी बुझ्न आवश्यक छ र बाँकी जगतले पनि चीनबारे अझ बढी बुझ्नु जरुरी छ ।” सीले भन्नुभयो । स्थानीय तहमा काम गर्दा होेस् वा केन्द्रीय नेतृत्वमा सीले सधैँ वैदेशिक आदान–प्रदान गर्ने र विदेशी मित्रहरू बनाउने कामलाई महत्व प्रदान गर्नुभएको छ । चीन भ्रमणमा रहेका विदेशी पाहुनाहरूसित भेट्नका लागि उहाँ हरेक अवसरको सदुपयोग गर्नुहुन्छ । केन्द्रीय नेतृत्वमा काम गर्न आउनुभन्दा अगाडि उहाँले ६० भन्दा बढी देशको भ्रमण गरिसक्नुभएको थियो र धेरै ठूलो संख्यामा विदेशीहरूलाई भेट्नु भएको थियो । विगत पाँच वर्षमा उहाँले ४० भन्दा बढी देशको यात्रा गरिसक्नुभएको छ र जीवनका सबै तहबाट आएका मानिसहरूसित घनिष्ट संपर्क गर्नुभएको छ । उहाँले चीनले आफ्नो देशलाई र बाहिरी विश्वलाई कसरी हेर्छ र त्यसरी नै उनीहरूका कुरा सुन्न कति उत्सुक हुन्छ भन्ने कुरा सुस्पष्ट रूपमा इमानदारीका साथ बताउनुभएको छ । धेरै विदेशी उच्च अधिकारीहरूका दृष्टिमा सी एकजना आत्मविश्वासी, व्यवहारिक, बुद्धिमान् र विनोदप्रिय नेता हुनुहुन्छ । उहाँ विदेशी अधिकारीहरूसित अक्सर के भन्नुहुन्छ भने विश्व समुदाय एक अर्कासित झन् बढी मात्रामा घुलमिल भैरहेको छ र साझा नियति भोग्दै छ । चीनको निरन्तर तीव्र विकास विश्वशान्ति र विकासमा निर्भर रहन्छ । यसले अरू देशहरूलाई समेत विकास गर्ने अवसर प्रदान गरेको छ । यसरी, हामीले एक आपसमा लाभदायी उपलब्धिहरू प्राप्त गर्न र आपसी सद्भावद्वारा लाभहरू र व्यावहारिक सहयोग बाँडचुँड गर्न सक्छौँ । २०१२ को जुलाईमा सिन्ह्वा विश्वविद्यालयद्वारा आयोजित विश्वशान्ति सभामा सीले के कुरा बताउनु भयो भने कुनै देशले आफ्नो विकास गर्नका लागि अरू देशहरूलाई विकास गर्न दिनुपर्छ; आफ्नो सुरक्षा खोज्दा अरूलाई सुरक्षित महसुस गर्न दिनुपर्छ; आपूm राम्रोसित बाँच्ने चाहना गर्दा अरूलाई पनि राम्रोसित बाँच्न दिनुपर्छ । सिङ्गापुरमा ली कुआन युसितको एक बैठकमा सीले के भन्नुभयो भने हरेक बलियो राष्ट्रले एकाधिकार खोज्दैन । चीन शान्तिपूर्ण विकासको मार्गमा एक–आपसमा लाभदायक नीति र खुलापन र कहिल्यै पनि एकाधिकार नखोज्ने नीतिको वकालत गर्ने काममा लागिरहने छ । चीनले आफ्ना प्रतिबद्धताहरू एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण गर्ने छ । सीका विदेश भ्रमणहरूले के सन्देश दिएका छन् भने अझ बढी समान र सन्तुलित विश्व साझेदारीको स्थापनाका लागि देशहरूले सँगै काम गर्नुपर्छ, जसबाट सबै मानव समुदायको सामूहिक स्वाथ्यको रक्षाको लागि सँगै काम गर्नुपर्छ र पृथ्वीलाई एउटा असल ठाउँ बनाउनु पर्छ । २०१२ मा संयुक्त राज्य अमेरिकाको पाँच दिने यात्राका समयमा सीले २७ वटा कार्यक्रममा भाग लिनुभयो र राष्ट्रपति ओबामा र अरू राजनीतिज्ञहरू, र त्यसरी नै सर्वसाधारणसित विचार आदान–प्रदान गर्नुभयो । “जहिलेसम्म दुवै पक्षले साझा रूचि र विचारका सिलसिला बुझ्छन् त्यस वेला चीन र संयुक्त राज्य अमेरिकाले नयाँ साझेदारीको बाटो पहिल्याउन सक्छन्, जसमा प्रमुख शक्तिहरू मेलमिलाप गरेर बस्न सक्छन्, सकारात्मक छलफलमा सहभागी हुन र एक आपसमा लाभदायक सहयोग प्राप्त गर्न सक्छन् ।” उहाँको यस टिप्पणीले संयुक्त राज्य अमेरिकामा धेरै मानिसहरूबाट सकारात्मक हौसला प्राप्त ग¥यो । संयुक्त राज्य अमेरिकाका पूर्व राष्ट्रपति जिमी कार्टरसितको हालसालैको एउटा भेटमा सीले चीन–संयुक्त राज्य अमेरिकाको साझेदारीका लागि अझ बढी “सकारात्मक उर्जा”का लागि आह्वान गर्नुभयो । उहाँको रूस भ्रमणका समयमा सीले दुई देशबीचको द्विपक्षीय विकासको महत्वमाथि जोड दिनुभयो । रूससितको चीनको सामरिक साझेदारी प्रमुख शक्तिहरूबीच अझ मजबुत, बढी गतिशील र सबभन्दा गहन भएको छ र रूससितको सकारात्मक संबन्धको विकास सधैँ चीनको वैदेशिक मामलाको प्राथमिकतामा रहेको छ । सीले चीन र रूसका शासनकर्ता पार्टीहरूबीचको संवाद संयन्त्रको दोस्रो बैठकमा भाग लिनुभयो र त्यस बेला चीन–रूस संबन्धलाई अरू प्रगाढ बनाउँदै रूसका विभिन्न पार्टीहरूसित विस्तृत र गहन छलफल भएको थियो । सी विकासशील देशहरूसितको संबन्धलाई उच्च प्राथमिकतामा राख्नुहुन्छ । उहाँले एक पटक के भन्नुभयो भने विकासशील देशहरूसितको संबन्धलाई हामीले मजबुत बनाउने र विकास गर्ने कुरालाई चीनको विदेश नीतिको लक्ष र आधारका रूपमा लिने छौँ । दक्षिण अफ्रिकामा सीले दक्षिण अफ्रिकालाई साथै लिएर, दुई पक्षीय सहयोगको उज्ज्वल भविष्यका लागि आशा गर्दै चीन–दक्षिण अफ्रिका द्विराष्ट्रिय समितिको चौथो पूर्ण बैठकमा भाग लिनुभयो । चीन–अफ्रिका सहयोग नियोग स्थापनाको दशौँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित एउटा गोष्ठीमा दिइएको भाषणमा सीले अफ्रिकासितको चीनको मित्रतामा विशेष जोड दिँदै “आवश्यक परेको बेलाको साथी नै वास्तविक साथी हो” भन्ने भनाइमा प्रकाश पार्नुभयो । साउदी अरेबियामा, उहाँले के उल्लेख गर्नुभयो भने अझ बढी उन्नतिशील र खुला चीनले मध्यपूर्व र खाडीका मुलुकहरूमा विकासका ठूला अवसरहरू ल्याउन सक्ने छ । चिलीमा, अर्को दशकको सम्बन्धबारे कुरा गर्दै, उहाँले के प्रस्ताव राख्नुभयो भने राजनीति, अर्थशास्त्र, संस्कृति र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा चीन र दक्षिण अमेरिका असल साझेदार हुनुपर्छ । अन्तर्राष्ट्रिय रङ्गमञ्चमा सी व्यवहारिक र कार्यकुशल हुनुभएको छ । इटालीको १५० औँ एकीकरण दिवसका अवसरमा, सीले एक दिनमा २० भन्दा बढी देशहरू र अन्तर्राष्ट्रिय संगठनहरूका नेताहरूसित विचार आदान–प्रदान गर्नुभयो । जर्मनी र अरू चार युरोपेली देशहरूको भ्रमणका समयमा सीले आर्थिक र व्यापार संझौताका चार र आर्थिक तथा वाणिज्य संघहरूका ६ वटा हस्ताक्षर समारोहहरूमा भाग लिनुभयो र जम्माजम्मी अमेरिकी डलर ७.४ अर्ब बराबरका ९३ वटा सहयोग संझौतामा हस्ताक्षर गर्नुभयो । सीले मैत्रीपूर्ण विश्व निर्माणका लागि सांस्कृतिक आदान–प्रदानको महत्वमा जोड दिनुभयो । २००९ मा फ्य्राङ्कफर्ट पुस्तक मेलाका सहभागीहरूलाई संबोधन गर्दै उहाँले के बताउनु भयो भने विविध प्रकारका संस्कृतिहरूबीचको आदान–प्रदानद्वारा मानिसहरूले चीनका कन्फ्युसियस, जर्मनीका गेटे र बेलाइतका शेक्सपियरबारे जान्ने बुझ्ने अवसर पाएका छन् । उहाँले भन्नुभयो अन्तर्राष्ट्रिय सांस्कृतिक आदान–प्रदानलाई वृद्धि गर्ने कार्यले मानवीय प्रगति र शान्तिपूर्ण विकासका लागि महत्वपूर्ण उत्साह सिर्जना गरेको छ । उहाँको रूस भ्रमणको समयावधिमा उहाँहरूले रूसमा “चिनियाँ भाषा वर्ष” उद्घाटन गर्दा उहाँ क्रेमलिनमा भ्लादिमिर पुटिनसँगै उभिनुभयो । उहाँले आफ्नो संबोधनमा भन्नुभयो, “संस्कृति समृद्ध भएको छ, हृदयहरू एक आपसमा जोडिएका छन् र आदान–प्रदानका माध्यमबाट मित्रता प्रगाढ भएको छ । चिनियाँ संस्कृतिबाट ज्ञान लिन र विचारहरूलाई सोझो, सुस्पष्ट र विनोदपूर्ण रूपमा प्रस्तुत गर्ने उहाँको विशेष दक्षता छ । आफ्नो अमेरिका भ्रमणका समयमा उहाँले द्विपक्षीय मुद्दाहरूको ओझलाई विस्तारित गर्न र चीन र अमेरिकाको “अद्वितीय” संबन्धलाई व्याख्या गर्ने सन्दर्भमा उहाँले जनप्रिय चनियाँ टेलिभिजन नाटक बाँदर राजा विषयक गीतबाट एउटा पङ्क्ति उद्घृत गर्नुभयो र भन्नुभयो–“हाम्रो पैतालामुनिको बाटो ठीक छ ।” चीनमा मानव अधिकारसंबन्धी प्रश्नहरूको सामना गर्दै उहाँ सोझो र स्पष्ट कुरा गर्नुहुन्छ ः“राम्रो भन्ने छैन, झन् राम्रो मात्र छ ।” उहाँ के विचार राख्नुहुन्छ भने हरेक देशको परिस्थिति फरक छ र प्रत्येक बाटो फरक छ । “जुत्ता ठीक भयो कि भएन भन्ने कुरा लगाउने मानिसलाई मात्र थाहा हुन्छ ।” जनताहरूबीचको मित्रता दुई देशको सम्बन्धलाई सुमधुर बनाउने कडी हो । सीले के भन्नु भएको छ भने एउटा देशको अर्को देशसितको मित्रताको स्तर जनताहरूबीचको संबन्धमा भर पर्छ । उहाँले एक पटक विदेश मन्त्रालयका अधिकारीहरूसित एउटा कूटनीतिक भ्रमणका बेलामा हल्काफुल्का किसिमले के भन्नुभयो भने जीवन गतिमा र व्यवहार कुशल कृयाकलापमा अडेको हुन्छ । अर्को शब्दमा, कूटनीतिज्ञहरूले विस्तृत रूपमा भ्रमण गरेको हुनुपर्छ र खुब मिल्ने साथी धेरै बनाउनुपर्छ । उहाँले लाओसको यात्रामा, बेइजिङ्मा बसेर पढेका पूर्व लाओस नेता कुइनिम फोल्सेनाका बालबच्चाहरूसित एउटा विशेष भेटघाट कार्यक्रम राख्नुभयो । उहाँले तिनीहरूले बेइजिङको बेयी स्कुलमा विताएका दिनहरूको स्मरण गर्दै उनीहरूसितको कुराकानीमा सहभागी हुनुभयो । उहाँले के भन्नुभयो भने फोल्सेनाका माइला छोराको उपनाम “मोटु” थियो । यो कुराले सबैलाई हँसायो । उहाँको संयुक्त राज्य अमेरिकाको भ्रमणका समयमा, उहाँ आइओवा जानुभयो र आइओवाका आफ्ना पुराना परिचितहरूसँग बसेर चिया खान र गफगाफ गर्न एउटा किसानको घर पुग्नुभयो । त्यहाँ जम्मा भएका अधिकांश मानिसहरू उहाँले १९८५ मा कृषि अनुसन्धान प्रतिनिधि मण्डलको एकजना सदस्यका हैसियतमा आइओवा भ्रमण गर्दा भेटेका उहाँका साथीहरू थिए । रूसमा २००८ को विनाशकारी भूकम्पबाट प्रभावित चिनियाँ विद्यार्थीहरूलाई भेट्नका लागि उहाँ त्यहाँको एउटा बालगृहमा जानुभयो र उहाँले त्यहाँका कर्मचारीहरूप्रति सद्भाव व्यक्त गर्नुभयो । आयरल्यान्डको यात्रा गर्दा, उहाँले डब्लीन क्रोक पार्कमा ग्यालिक फुटबल खेलमा भकुन्डो हान्नुभयो र अमेरिकामा राष्ट्रिय बास्केटबल संघको खेल हेर्नुभयो । उहाँका यस्ता कृयाकलापलाई सञ्चारमाध्यमहरूले मैत्रीपूर्ण प्रतिबिम्बका रूपमा स्वागत गरे । “उहाँले केवल आपूmप्रति श्रद्धा उत्पन्न गर्ने भाव र आचरण मात्र नदेखाई उहाँले चीनको प्रतिबिम्ब र आकर्षण समेत प्रदर्शन गर्नुभयो ।” एउटा समुद्रपार सञ्चार प्रसारणले टिप्पणी ग¥यो । क्रान्तिकारी परिवारका पुत्र, असल पति सी चिनफिङका पिता सी चोङसुन पार्टी र राज्यका नेता हुनुहुन्थ्यो । १९३० तिर २१ वर्षको उमेरमा उहाँले चिनियाँ कम्युनिस्ट पार्टीको आधार क्षेत्र शाङ्सी–गाङसु सीमाक्षेत्रको सरकारको अध्यक्षका रूपमा काम गर्नुभयो । माओ त्से तुङले उहाँलाई “जनताका नेता” भन्ने गर्नुहुन्थ्यो । सी चोङसुनले १९६२ बाट राजनीतिक उत्पीडन बेहोर्नु प¥यो, जुन १६ वर्षसम्म कायम रह्यो । तथापि उहाँले यसलाई कहिल्यै पनि दुर्भाग्यका रूपमा लिनु भएन, बरु उत्पीडनमा परेका अरूहरूको नाम स्वच्छ राख्न प्रयत्न गर्नुभयो । सांस्कृतिक क्रान्ति समाप्त भएपछि, चीनको सुधार र खुला नीतिको उत्साहको अग्र पङ्क्तिमा, प्रान्तलाई विशेष आर्थिक क्षेत्रको स्थापनामा र त्यसको तीव्र विकासमा महत्वपूर्ण भूमिका खेल्दै उहाँले चिनियाँ कम्युनिस्ट पार्टी गुआङ्डोङ प्रान्तको प्रथम सचिवका रूपमा काम गर्नुभयो । झण्डै ९० वर्षकी सीकी आमा क्वी सिन पनि लामो अनुभव भएकी एक जना क्रान्तिकारी महिला र पार्टी सदस्य हुनुहुन्छ । एक जना कर्तव्यनिष्ट छोरा, सी उहाँकी आमाको हात समातेर उहाँसँगै घुमघाम र गफगाफ गर्नुहुन्छ, र नियमित रूपमा उहाँसँगै बसेर खाना खाने समय निकाल्नुहुन्छ । बालबालिकासित कडा हुने र सामान्य जीवन व्यतीत गर्ने सी परिवारको परंपरा छ । सी चोङ्सुन के विश्वास गर्नुहुन्थ्यो भने यदि पार्टीको एक जना उच्च अधिकारीले अरूलाई अनुशासनमा राख्न चाहने हो भने उसले पहिले आफैँ र आफ्नो परिवारबाट सुरु गर्नुपर्छ । सी चिनफिङ र उहाँका भाइले उहाँहरूका दिदीहरूले दिएका जुत्ता र लुगा लगाउनु हुन्थ्यो । सी चिनफिङ प्रमुख अधिकारी भएपछि सी चिनफिङ काम गर्ने कुनै पनि क्षेत्रमा कुनै पनि किसिमको काम गर्नबाट रोक्नका लागि उहाँकी आमाले एउटा पारिवारिक बैठक राख्नुभयो । सी चिनफिङले आफ्नो पारिवारिक परंपरालाई कायम राख्नु भएको छ र आफ्नै परिवारसित कडा किसिमले प्रस्तुत हुनु भएको छ । उहाँले जहाँजहाँ काम गर्नुभयो त्यहाँ उहाँले आफ्नो नामसित जोडेर केही पनि काम नगर्न आफ्नो परिवारलाई भन्नुभयो, नभए आपूm “निष्ठुर हुने कुरा” उहाँले गर्नुभयो । फुचियन, चेचियाङ र शाङ्घाई सबै ठाउँमा उहाँले अधिकृतहरूको बैठकमा के भन्नुभयो भने उहाँको नाम प्रयोग गरेर कसैले पनि व्यक्तिगत फाइदा लिन पाउने छैन, र यस संबन्धमा हुने अनुगमनलाई स्वागत गर्नुभयो । सीले एउटी सुप्रसिद्ध लोकगायिका र अपेरा नाटकको उच्चतम स्वरीय गायिका पेङ लिउआनसित विवाह गर्नुभयो । १९८० मा बेइजिङमा शाङडोङ प्रान्तको प्रतिनिधित्व गर्दै राष्ट्रिय कला प्रदर्शनमा भाग लिँदा उहाँले एउटा हलचल नै पैदा गर्नुभयो । चीनमा राष्ट्रिय स्वर संबन्धी गायनमा स्नातकोत्तर तहको डिग्री प्राप्त गर्ने उहाँ पहिलो महिला हुनुहुन्छ । उहाँ समकालीन स्वरसंबन्धी गायनकी प्रतिनिधि र राष्ट्रिय स्वरसंबन्धी गायन स्कुलका संस्थापकहरूमध्ये एक हुनुहुन्छ । उहाँका सुप्रशिद्ध सिर्जनाहरूमा आशाका क्षेत्रमा, मेरो गाउँका जनताहरू, हामीहरू पँहेलो नदी र ताइशान पहाड हौँ र नदी र पहाडहरू हुन् । उहाँले राष्ट्रिय स्वर संबन्धी गायनमा चीनको सुवर्ण डिस्क पुरस्कार र राजकीय अडियो भिडियो पुरस्कार प्राप्त गर्नु भएको छ । उहाँले सेतो कपाल भएकी केटी, उषाकालमा शोक, पार्टीकी छोरी र नायिका मुलानको गीत लगायतका चिनियाँ राष्ट्रिय अपेराहरूमा महत्वपूर्ण भूमिका खेल्नुभएको छ । उहाँले रङ्गमञ्च संबन्धी चीनको सबभन्दा विशिष्ट पुरस्कार प्लम ब्लुजुम पुरस्कार र सर्बश्रेष्ठ प्रदर्शन पुरस्कार वेनहुवा पुरस्कार प्राप्त गर्नुभएको छ । पेङ आफ्नो उपलव्धिको श्रेय जनतालाई दिनुहुन्छ र उहाँले के भन्नु भएको छ भने उहाँको सबै दक्षता जनतामा समर्पण गर्नुपर्छ । तीन दशकभन्दा बढी समय उहाँले देशभरि जीवनको हरेक क्षेत्रका मानिसहरूका लागि १०० भन्दा बढी निःशुल्क प्रदर्शन गरिसक्नुभएको छ । यी प्रदर्शन गरिब पहाडी क्षेत्रमा, समुद्री किनारका गाउँले क्षेत्रमा, तेलखानीहरूमा, खनिज पदार्थ उत्खनन क्षेत्रमा र ब्यारेकहरूमा, त्यसरी नै हिमाली पठार क्षेत्रमा र मरुभूमि क्षेत्रमा गरिएका प्रदर्शनहरू पर्दछन् । २००८ को विनासकारी भूकम्पपछि उहाँले बेनचुआनमा पनि अभिनय प्रदर्शन गर्नुभयो । २००३ मा सार्सको सुरुआतमा बेइजिङको सियाओटोङसानमा र १९९८ मा चियाङ्सी प्रान्तको बाढीग्रस्त क्षेत्र चिउचियाङमा प्रदर्शन गर्नुभयो । चिनियाँ राष्ट्रिय उच्चतम स्वरीय गायन र राष्ट्रिय अपेरालाई बाहिरी विश्वसित परिचित गराउन सिङगापुरमा एकल गायन प्रस्तुत गर्ने पेङ पहिलो व्यक्ति हुनुहुन्थ्यो । उहाँले ५० भन्दा बढी देशहरू र प्रदेशहरूमा गरिएका प्रदर्शनहरूमा चीनको विश्वप्रसिद्ध सांस्कृतिक राजदूत हुँदै चीनको प्रतिनिधित्व गर्नुभएको छ । उहाँले नायिका मुलानको गीत अपेरा उत्पादन गर्नुभयो र त्यसमा मुख्य भूमिका निर्वाह गर्नुभयो जुन न्युयोर्कको लिङ्कन सेन्टरको कला प्रदर्शनमा र भियना, अष्ट्रियाको राजकीय नाटकगृहमा प्रदर्शन गरिएको थियो । हालसालै पेङले नयाँ गायकहरूलाई तालिम दिने र नयाँ उत्कृष्ट कृति उत्पादन गर्ने लक्ष्यका साथ, आफ्नो ध्यान अभिनय प्रदर्शनबाट अभिनय शिक्षातिर मोडिरहनु भएको छ । जनताको भलाइको काममा पेङ धेरै समर्पित हुनुहुन्छ । उहाँ विश्व स्वास्थ संगठनको क्षयरोग र एच्आइभी, एड्सको सद्भावना राजदूत हुनुहुन्छ र राष्ट्रिय एड्स रोकथामकी प्रवक्ता, बाल अपराध र सुर्तीजन्य पदार्थ नियन्त्रणकी राजदूत हुनुहुन्छ । हालसालैको विश्व एड्स दिवस कार्यक्रममा, एड्सबारे जनचेतना जगाउँदै गर्दा उहाँलाई एड्स पीडित टुहुराटुहुरीहरूले “आमा पेङ” भनेर संबोधन गरे । सी र पेङबीच १९८६ मा प्रेम सम्बन्ध भयो र त्यही वर्ष विवाह भयो । यद्यपि, उहाँहरू कामको जिम्मेवारीका कारणले एक अर्कासित छुृट्टिएर बस्नुपर्ने हुन्थ्यो तथापि उहाँहरूले एक अर्कालाई बुझ्नु भएको थियो र निरन्तर रूपमा एक अर्काप्रति भक्तिभाव प्रदर्शन गरिरहनु हुन्थ्यो । जनमुक्ति सेनाको एउटा सदस्यका रूपमा पेङलाई अक्सर दुर्गम क्षेत्रमा नाट्य–प्रदर्शन गर्ने काममा खटाइन्थ्यो । यी यात्राहरूमा उहाँ कहिलेकाहीँ दुई वा तीन महिनासम्म बाटोमा पर्नुहुन्थ्यो । सधैँ आफ्नी पत्नीका विषयमा चिन्तित हुने सीले उहाँलाई सुत्नुभन्दा अगाडि जतिसुकै ढिलो भए पनि प्रायः हरेक दिन फोन गर्नुहुन्थ्यो । चिनियाँ नयाँ वर्षका अवसरमा, पेङले चिनियाँ केन्द्रीय टेलिभिजनले वसन्त महोत्सव समारोहमा प्रदर्शन गर्नुहुन्थ्यो । टेलिभिजनमा प्रदर्शन हेर्दै गर्दा उहाँले मासु र गहुँको परिकार तयार गर्नुहुन्थ्यो र उहाँ खाना खानका लागि परिवारलाई पर्खेर बस्नुहुन्थ्यो । पेङका दृष्टिमा सी एक जना असल पति र असल पिता हुनुहुन्छ । उहाँले शान्सी र शाङ्डोङ पाक प्रणालीका घरेलु परिकार मन पराउनु हुन्छ र पार्टीहरूमा र साथीहरूसित बसेर पिउन पनि मन पराउनु हुन्छ । उहाँलाई पौडी खेल्न, पहाड चढ्न र बास्केटबल, फुटबल र बक्सिङ खेल हेर्न मन पर्छ । उहाँ कहिलेकाहीँ खेलहरू हेर्दै राति अबेलासम्म बस्नुहुन्छ । यी दम्पतीका सी मिङ्जे नामकी एउटी छोरी छन् । चिनियाँ भाषामा मिङ्जे शब्द “एउटा इमानदार जीवन जिउने र समाजका लागि एउटा उपयोगी व्यक्ति हुने” भावना प्रयुक्त हुन्छ जुन उहाँहरूले उनीसित आशा गरेको कुरा हो र उहाँहरूको सामान्य पारिवारिक शैलीको प्रतीक पनि हो । ० अनुवादक ः हरिहर खनाल -यो लेख ‘चीन अध्ययन केन्द्र’द्वारा प्रकाशित ‘चीनको शासन ब्यवस्था’ नामक ग्रन्थमा सङ्कलित छ .)

प्रतिक्रिया दिनुहोस !