चितवनमा ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहको आक्रमण

काठमाडौँ । आफुलाई भष्ट्राचार बिरोधी अभियान्ता भन्ने ज्ञानेन्द्र शाहीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण हुँदा शाही घाइते भएका छन् । चितवनको चौबिसकोठीस्थित ग्लोबल होटलबाट माइक्रोबसमा बाहिर निस्कदै गर्दा शाहीमाथि आक्रमण भएको जिल्ला प्रहरी कार्यालय चितवनका एसपी दानबहादुर मल्लले जानकारी दिए ।

आक्रमणबाट शाही सामान्य घाइते भएका छन् । शाहीको सीमसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। ढुंगा प्रहारबाट गाडीको चारैतर्फका सिसा फुटेको छ ।

शाही चौबिसकोठीमा सभा गर्न जान लागेको बताइएको छ । आक्रमण हुनसक्ने भन्दै शाहीलाई चितवनका सिडिओ र प्रहरी प्रमुखले सभा नगर्न आग्रह समेत गरेका थिए । शाहीमाथि कसले र किन आक्रमण गर्यो भन्ने विषयमा अनुसन्धान भइरहेको र आक्रमण गर्ने व्यक्तिको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शाहीको टाउको चोट लागेको छ ।

YouTube Video Preview

शाहीको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । उनको टाउकोमा चोटपटक लागेकाले सिटीस्क्यान गरिएको छ । शाहीको अवस्था मध्यम रहेको चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले जानकारी दिए ।


सम्बन्धित शिषर्कहरु