सिंह झै गर्जन लिएर देशव्यापी निस्किँदै छौं : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक वर्षभित्र पार्टीलाई सम्पूर्ण जनताको एक मात्रै पार्टी बनाउने दावी गरेका छन् । उनले त्यसका लागि देशभर अभियान सञ्चालन गर्ने घोषणा बताए ।

पार्टीको केन्द्रीय कार्यसमितिको बैठक तत्काल बोलाएर आवश्यक योजना तथा कार्यक्रम तय गर्ने अध्यक्ष प्रचण्डको भनाइ छ । शुक्रबार काठमाडौंमा आयोजित पार्टी सम्पर्क समन्वय कमिटीको भेलामा उनले पार्टीे सिंहको झैं गर्जन लिएर देशव्यापी अभियानमा जाने तथा आम कार्यकर्ता र जनतासँगको सम्बन्धलाई बलियो बनाउने गरी अभियान नै सञ्चालन गर्ने बताए ।

अध्यक्ष प्रचण्डले दश लाख कार्यकर्तालाई लिएर देशभर पार्टीले अभियान चलाएपछि भूतप्रेतहरुको बेहाल हुने चेतावनी दिए । उनले एक वर्षयता पार्टीका करिव १० लाख कार्यकर्ताले काम नपाउँदा ठूलो क्षति व्यहोर्नु परेको भए पनि अब पार्टी कामले गति लिने दावी गरे ।

पार्टीले आगामी दिन चलाउने अभियानमा एक मन, एउटै विचारका साथ अघि बढन पनि पार्टीका नेता, कार्यकर्तालाई अध्यक्ष प्रचण्डले सचेत गराए ।


सम्बन्धित शिषर्कहरु