– संकेत कोइराला

एकपटक नौ अंकले आठ अंकलाई थप्पड हान्यो । पीडा सहन नसकेर आठले आँशु झार्दै सोध्यो– ‘मलाई किन हिर्काएको ?’ कत्ति पनि नहिच्किचाई उसले भन्यो– ‘म तँभन्दा ठूलो छु, त्यसैले ठटाएँ, के गर्छस् ?’ यो सुन्नेबित्तिकै आठले सातको गालामा तोरीको पूmल देखिने गरी बजायो । यो क्रम सातले ६, ६ ले पाँच, पाँचले चार, चारले ३, ३ ले दुई, २ ले एक हुँदै बढ्दै गयो । जब एकको पालो आयो, ऊ धर्मसंकटमा प¥यो । उसको पछाडि थियो– शून्य । एकले शून्यलाई पिटेन । बरु प्रेमसँग छेवैमा राख्यो । जसबाट उसको शक्ति दश भयो । कोही आफ्नो काँधमा टाउको राखेर रुन सक्दैन । आपैंmलाई अँगालो हाल्न सक्दैन । सम्बन्धले मुनाफा दिने होइन, जीवन सम्पन्न बनाउने हो । घडी जुनसुकै बाँधे पनि समय उही हो । मोबाइल जति महँगो होस्, कुरा गर्ने मानिस उही हो । सम्बन्ध कहिले पनि खुकुरी र अचानोजस्तो नहोस्, एउटा दुखाइरहने– अर्को सहिरहने । बरु मैन धागोजस्तो होस्, एउटा जलेपछि अर्को पग्लने । ८७ प्रतिशत मानिसले आपूmलाई जवाफ थाहा भएको प्रश्न सोध्छन् रे । जीवन र उमेरमा यति मात्र फरक छ । निराशा र दुःख मानेर बिताएका प्रत्येक क्षण उमेर हो । खुशी र आनन्द मानेर बिताएका हरेक पल जीवन हो ।

विज्ञानले भन्छ– ‘जिब्रोमा लागेको घाउ सबैभन्दा छिटो निको हुन्छ ।’ तर ज्ञानको ठहर छ– ‘जिब्रोले लागेको घाउ कहिल्यै निको हुँदैन ।’ विभिषण रावण राज्यमा बिग्रिएनन् । कैकेयी रामराज्यमा पनि सप्रिनन् । त्यसैले सप्रिनु र बिग्रनु व्यक्तिको सोच र स्वभावमा निर्भर रहन्छ । समय एउटा यस्तो इमान्दार वस्तु हो, जसले पर्खाउन लाएर धोका दिँदैन । खुशीको एउटा ढोका बन्दसँगै अर्को ढोका खुलेको हुन्छ । तर, खुलेको ढोकातिर हाम्रो आँखा जाँदैन । भाग्य लिफ्ट हो भने मिहिनेत सिँढी हो । हामी यस्तो देशमा छौं, जहाँ डाक्टर स्वास्थ्य, वकिल न्याय, प्राज्ञिक ज्ञान, सरकार स्वतन्त्रता, मिडिया सूचना, धर्म नैतिकता, बैंक अर्थ व्यवस्था नष्ट गर्ने प्रतिस्पर्धामा छन् । जागा भएको अवस्थामा मानव मस्तिष्कले १२ देखि २५ वाट विद्युत्् निकालिरहेको हुन्छ । जुन सानो चिमलाई निरन्तर बाल्ने क्षमता हो । औसत दिमागले दैनिक ५० हजार विचार उत्पादन गर्छ । त्यसमध्ये ७० प्रतिशत नकारात्मक हुन्छ । मानिसको दिमागमा ८ अर्ब ६० करोड न्यूरोन कोष हुन्छन् ।

प्राप्ति मात्र पनि पूर्णता होइन । तपाईंले अंक जितेर मात्र परिणाम जित्न सक्नुहुन्न । त्यसका लागि सामाजिक स्वीकृति अनिवार्य हुन्छ । रावण रामभन्दा बलशाली थिए । विद्वताको त बहसै नगरौं । त्यतिबेलै पुस्तक लेखेका थिए । भगवान् शिवको परमभक्त थिए । लंका यस्तो समृद्ध मुलुक थियो, अभाव कुन चराको नाम हो, त्यहाँका जनतालाई भेउ थिएन । रावणको योजना आयोगले स्वर्ग र मत्र्यलोक सुनको सिंढीले जोड्ने योजना पास गरेको थियो । प्राविधिक रूपमा रावणले रामलाई जितेका थिए । यद्यपि, सामाजिक स्वीकृति रामसँग थियो । उनले जालझेल गरेर रावणलाई जितेको सत्यलाई पनि समाजले धर्मको विजयका रूपमा स्विका¥यो । रामायणको प्रभावस्वरूप एक्काइसौं शताब्दीमा आउँदा पनि नेपाली समाजका घरघरमा लाखौं रामबहादुर, रामप्रसाद, रामचन्द्र जन्मिए । तर, आफ्ना सन्तानको नाम रावण राख्ने साहस कसैले गरेनन् । यो नियम वर्तमान सरकारमा पनि लागू हुन्छ । अंकले यो सरकार दुई तिहाई हो भन्नेमा शंका रहेन । तर यसका मनसा, वाचा र कर्मणालाई समाजको स्वीकृति रहेन । त्यसैले यसका हरेक निर्णय भुसको भँगेराजस्तै बन्दै गए ।

एक जापानी साहित्यकारको सुझाव छ– ‘तिमीलाई एक वर्षको चिन्ता छ भने एउटा रुख रोप, यदि जीवन भरका लागि योजना रोप्न चाहन्छौं भने आफ्नो युवाकाललाई नै यसको लागि अर्पित गर ।’ आलोचनाबाट बच्न मानिसका लागि तीन सुविधा छन् । पहिलो केही नगर, दोस्रो केही नभन र तेस्रो केही नबन । मान्छे केही पाउन स्तुति गर्छ तर निन्दा फगतः निन्दाका लागि मात्र गर्छ । मानिस अरूको नराम्रोमा सुन्न र भन्न बढी रस लिन्छ । निन्दा रसिलो र प्रशंसा निरस हुन्छ । अरूको सम्पन्नताको निन्दा गर्दा मान्छेले आफ्नो विपन्नताको औचित्य सिद्ध गरिरहेको हुन्छ । यी भए ज्ञानका कुरा, पालो विज्ञानको ।

पत्याउनुहुन्छ ? मानिसको शरीरमा पानीबाहेक २२ सय सलाईको काँटी बनाउन पुग्ने फस्फोरस, सल्फर र २५ मिमि नङ तयार पार्न पुग्ने आइरन र ३० ग्राम अन्य धातु हुन्छ । मानिसको फोक्सोमा तीन क्यापिलरिज (अत्यन्तै साना रक्तनली) हुन्छन् , जसलाई पैmलाउँदा त्यसको लम्बाई २४ सय किलोमिटर हुन्छ । तर के गर्नु शरीरमा आगो छ भनेर ताप्न नमिल्ने रहेछ । मुलुक अन्धकार छ भनेर त्यसलाई बिजुलीको तार बनाउन नसकिने रहेछ । चाणक्यले मानिसको नैतिक साहसको मूल्य बताउँदै भनेका छन्– ‘ठूला महापुरुष आफ्ना आचार विचारमा सदैव दृढ रहन्छन् । जबकि युगको अन्त्यमा सुमेरु पर्वतले पनि आफ्नो ठाउँ छाड्छ । कल्प समाप्त भएपछि समुद्रमा पानीले आफ्नो सीमा नाघ्छ र पृथ्वीलाई जलमग्न बनाइदिन्छ । तर, सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै छोड्दैन ।’ एकदिन विश्वविख्यात कलाकार पिकासोलाई कसैले सोध्यो– ‘तपाईंको तस्बिर म त केही बुझ्दिनँ ।’ उनले प्रत्युत्तरमा स्वाभाविक उत्तर दिए– ‘चिनियाँ भाषा शायद तपाईं बुझ्नुहुन्न तर ५० करोडभन्दा बढीले यही भाषा बोल्छन् ।’

हो, राजनीतिक कुटिल चाल थोरैलाई मात्र आउँछ तर विश्वका सात अरब मानिसले बुझ्ने यौटै भाषा छ । त्यो हो– हाँसो । हरेक राजनीतिको गन्तव्य त्यही बन्नुपर्छ । त्यसबाहेकका सबै चिज वस्तुको हैन, मान्छेको व्यापार बढाउने कुटिल खेल मात्र हो । जिन्दगी रेलको पट्री, सडकमा जसरी गुड्दैन । यो त गंगाको नहर जसरी बग्छ । जहाँ पानीको लागि बाटो खनिएको हुँदैन । मन सफा सेतो कपडाजस्तै हो । यसलाई जुन रंगमा डुबायो, त्यही रंग सर्छ । मानिसले पक्षी जसरी उड्न जान्यो । माछाजस्तै पौडन सिक्यो । तर, मान्छे जस्तो भएर पृथ्वीमा रहन अभैm जानेन । देश समृद्ध हुनुको पछाडि तीनवटा रहस्य हुन्छन् । त्यो हो, एक शिक्षा, दुई शिक्षा, तीन शिक्षा ।

देश नलुटौंभन्दा दलहरू, पैसाअनुसारको पेट्रोल माग्दा पम्पवाला, देश आपैंm चलाउँछु भन्दा भारत, भाडामा बस्नेलाई पानी माग्यो घरबेटी, मिटरमा उठेको मात्र पैसा दिँदा ट्याक्सीवाला रिसाउने अनि कुन धर्मले चल्छ समाज ? पहिला सुनिन्थ्यो सेटिङ, अहिले सेटिङलाई एस्कर्टिङ । मलेशियामा सार्वजनिक शौचालय अत्यन्त दूषित भएपछि त्यसविरुद्ध अभियान सञ्चालन गर्न सरकारले क्याम्पसमा शौचालय व्यवस्थापन कोर्स समावेश ग¥यो । सिंगापुर र बेलायतमा यसप्रकारको पाठ्यक्रम शुरु गरिएपछि व्यापक सुधार आएको थियो । तर नेपालको इतिहास कस्तो छ भने पलाञ्चोक देवीको मूर्ति बनाउने कालिगढले अर्को यस्तो मूर्ति बनाउन नसकोस् भनेर दाहिने हात नै काटियो । पञ्चायतमा तर मारेकाहरूले पञ्चायतको खण्डन गर्नेलाई शत्रु देखे । व्यवस्था विरोधीको ट्याग लगाए । बहुदललाई धन कमाउने साधन बनाएकालाई प्रवृत्तिको विरोध गर्दा त्यो पचेन । अहिले राज्यप्रणालीलाई संगठित अपराधमा होम्ने पात्र, प्रवृत्तिविरुद्ध दुई अक्षर लेख्यो भने राज्यविरुद्ध विप्लवको आक्षेप लाग्छ । जाबो रेसम किराले त मान्छेको आङ ढाकिदिएर आफू अमरत्व कमाउँछ भने राजनीति नाममा तीनपुस्ताको भविष्य खरानी बनाउने यस्तो संघीयताविरुद्ध बोल्दा के नै फरक पर्छ र ? ओखलमा टाउको राखेपछि मुस्लीको के डर ?

प्रतिक्रिया दिनुहोस !