बाबुराम र हामी पागल भएकै हौं – गंगा श्रेष्ठ, महासचिव, समाजवादी पार्टी नेपाल

अब डा.बाबुराम भट्टराईसँग पूर्वमाओवादी पृष्ठभूमिका थोरै सहयात्री बाँकी छन्, जसमध्येका हुन्, गंगा श्रेष्ठ । उनी उपेन्द्र यादव, अशोक राईहरुसँग मिलेर गठित समाजवादी पार्टीका महासचिव हुन् । जनमोर्चा हुँदै माओवादी जनयुद्धमा सक्रिय सिन्धुलीका गंगा बाबुराम प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार थिए ।
० उपेन्द्र यादवसँग पार्टी एकीकरण भएसँगै तपाईंहरुलाई सत्तारुढ भन्ने वा प्रतिपक्षी ?

– संविधान संशोधन गर्ने शर्तमा सरकारमा बसिरहेका छौं । संविधान संशोधन भएन भने बाहिरिन्छौं ।

० पार्टी सत्तारुढ तर भूमिका प्रतिपक्षीको जस्तो देखियो । विरोधाभाषपूर्ण भएन र ?

– राज्य पुनःसंरचना, नागरिकता, शासकीय स्वरुप, निर्वाचन प्रणाली, संविधान संशोधनसहितका विषय उठाइरहेका छौं । यी विषयहरु होल प्याकेजमा संबोधन हुनुपर्छ भन्ने माग हो ।
० सत्तारुढसँग पार्टी एकता गर्नुभएको छ । सरकारकै आलोचना गरिरहनुभएको छ । यो कस्तो राजनीतिक संस्कार हो ?

– सरकारले गलत काम गर्दा गलत र सही काम गर्दा सही भन्नैपर्ने हुन्छ । सरकारमै बसेर पनि सरकारले गरेका गलत कामको आलोचना टिकाटिप्पणी गर्न पाउनुपर्छ । परम्परागत संस्कार र आँखाबाट हेर्दा विवादास्पद देखिन सक्छ । सरकारमा बसेकाले सरकारको हाई हाई नै गर्नैपर्छ भन्ने पुरातनवादी संस्कार हो । हामी त्यो चिन्तनभन्दा माथि उठेर सरकारले गरेका गलत कामको आलोचना गरिरहेका छौं ।
० वर्षौंसम्म माग संबोधन नहोला रे ? कति समयमा सरकारबाट व्याक हुनुहुन्छ ?

– ठ्याक्कै मिति तोक्न गाह्रो हुन्छ तर माग संबोधन भएन भने छिट्टै सरकारबाट ब्याक हुन्छौं ।
० उपेन्द्र यादवहरु तत्कालै सरकार नछाड्ने र बाबुराम भट्टराईलाई सरकार छाड्नैपर्ने । यो विषयमा पार्टीभित्र विवाद छ भनिन्छ नि ?

– हल्ला मात्र हो । सरकार माग पूरा गर्दैन भने सरकारमा बसिरहनु उपयुक्त छैन भनेर अध्यक्ष उपेन्द्र यादवले भनिरहनुभएको छ ।
० तपाईंहरु सरकारले काम गरेन भनेर अलाोचना गरिरहनुभएको छ । तपाईंहरुका दुई मन्त्रीको कार्यप्रगति सन्तोषजनक देखिएन नि प्रम कार्यालयमा जडान गरिएको एप्समा ?
– मन्त्रालयको जुन संरचना छ । जतिसुकै राम्रो गरे पनि सही रिजल्ट आउँदैन । स्वास्थ्य होस वा शहरी विकास । पूर्ण रुपमा पुर्नसंरचना गर्न आवश्यक छ । टालटुल गरेर मात्र हुँदैन ।

० मुलुकलाई सात प्रदेश धान्न धौधौको अवस्था छ । तपाईंहरु ११ प्रदेशको मुद्धा उचालिरहनुभएको छ । यो कत्तिको वैज्ञानिक छ ?
– हिजोको संघीय समाजवादी पार्टीले जुन अवस्थामा संविधान संशोधनको माग राखेको थियो, नयाँ शक्ति मिसिएपछि समाजवादी पार्टी बन्यो । तर समाजवादी पार्टीले ११ प्रदेशको माग अघि सा¥यो भन्ने भ्रम पर्न गयो । सल्टिएको मुद्दा फेरि उछाल्न थाल्यो भन्न थालियो । संविधानसभाबाट गठित राज्य पुनःसंरचना आयोगले समेत १० वटा भौगोलिक र दलितहरुको एउटा गैरभौगोलिक प्रदेश बनाउने रिपोर्ट दिएको थियो । त्यो उत्तम विकल्प हो । कार्यान्वयन गर्न हामीले भनेका हौं । आयोगको रिपोर्टलाई हामीले फलो गरेका हौं ।

० ११ प्रदेशमा जान स्रोत र साधनले भ्याउँछ त ?
– संघीयता किन चाहियो ? अर्बाैं जनसंख्या बसोबास गर्ने चीनमा संघीयता छैन । नेपालभन्दा धेरै सानो र कम जनसंख्या भएको देशमा संघीयता छ । जातीय, क्षेत्रीय, भाषिक विविधता भएको मुलुकमा सबैको समान पहुँच कायम गर्नका लागि संघीयता चाहिएको हो । एक प्रतिशतभन्दा बढी भाषा र जनसंख्या भएको ९ वटा जातजातिको ९ वटा प्रदेश, गैरभौगोलिक दलितको एउटा प्रदेश– योभन्दा वैज्ञानिक अरु के हुन्छ ? सात प्रदेशको रेखांकन, सीमांकन हेर्ने हो भने हिजोको ५ विकास क्षेत्रलाई ७ विकास क्षेत्र बनाइदिएको मात्र न हो । संघीयता प्रशासनिक सुगमताका लागि मात्र बनाउने होइन । संघीयता आर्थिक इकाई मात्र होइन ।

० पूर्वमाओवादी खेमाका (सहकर्मीहरु) ९० प्रतिशतभन्दा बढी नेकपातिर फर्किएको अवस्था छ । यसलाई नयाँ शक्तिप्रतिको विश्वास गुमेको रुपमा बुझ्दा हुन्छ ?
– व्यक्तिगत रुपमा को कहाँ गए, कुन पार्टीमा आबद्ध छन् भन्ने कुरा प्रमुख होइन । विश्वास गुमेको भन्दा पनि विश्वास कमजोर भएको सत्य हो । राजनीतिक अधिकार संविधानसभाबाट संविधान जारी भएसँगै आधारभूत रुपमा प्राप्त भयो । अब नेपालको कोर्स बदल्न पर्दछ । बदल्ने भनेकै समृद्धिको यात्रामा अघि बढ्ने हो । हिजो माओवादी ध्वंश गर्न र राजनीतिक अधिकार प्राप्त गर्नका लागि बनेको थियो । अब पनि त्यसैमा गोलचक्कर लगाएर बस्ने कि अगाडि बढ्ने ? बीचका ३÷४ वर्ष माओवादी पार्टीलाई रुपान्तरण गर्न खोज्यौं, त्यो सम्भव भएन ।

० पूर्वसहकर्मीहरु ‘बाबुरामको विचलन’को रुपमा टिप्पणी गर्दछन् । के भन्नुहुन्छ ?
– सधैंभरि अग्रगामी सोच राख्नेलाई यथास्थितिवादीहरुले आरोप लगाएको हो यो । हिजो पनि पञ्चायतको विरोध गर्दा पञ्चायत इतर शक्ति भनिन्थ्यो । राणाको विरोध गर्दा थुने, पिटे, मारे । अहिले पनि यथास्थितिवादीहरुलाई अग्रगामी सोच मन पर्दैन । विचलन आयो भन्छन् । हिजो बीपीलाई पागल भन्नेहरुले बीपीकै अनुयायी बनेर खाए । जीवनमा बाबुराम भट्टराईले संविधान संशोनको मुद्धा उठाउँदा ठूलो संशोधनवादी, कम्युनिष्टविरोधीको आरोप लाग्यो । आखिर पार्टी त्यही लाइनमा आयो । त्यो कोणबाट हेर्दा एक ढंगले बाबुराम भट्टराई र हामी बिचलित भएकै हौं । पागल भएकै हौं ।

० नयाँ कार्यदिशा, योजना के छ ?
– पार्टीको एकीकरण प्रक्रियालाई स्थानीय तहसम्म साउन मसान्तभित्रै टुंग्याउँछौं । ५ वटामा समायोजन टुंगियो । १ नम्बर र ३ नम्बर केही दिनमै सक्छौं । विभाग, जनसंगठनहरुको एकीकरण छिट्टै सम्पन्न गर्दैछौं । एक चरण प्रशिक्षण गर्नेछौं देशव्यापी रुपमा ।

० सरकारको कार्यशैलीलाई कसरी मूल्यांकन गर्ने ?
– नेतृत्व कम्युनिष्ट र साम्यवाद उन्मुख समाजवादी सरकार भन्न रुचाउँछ । व्यवहारमा भने कम्युनिष्टको क पनि प्रतिबिम्बित हुँदैन । साइन बोर्ड एउटा टाँग्ने, भित्र अर्कै गर्ने । यसले देश र जनतालाई त नोक्सान पु¥याएको छ नै । व्यक्ति र सिंगो नेकपा पार्टीलाई घाटा पुगिरहेको छ ।

० तपाईं आफैं लामो समय वाम आन्दोलनमा लाग्नुभएको । नेकपाको एकीकरणलाई कसरी हेर्नुहुन्छ ?
– दुई वर्ष पुग्न लाग्दा स्थानीयस्तरसम्म पार्टी समायोजन गर्न सक्नुभएको छैन । उहाँहरु साँच्चै कम्युनिष्ट पार्टी बनाउने सोचसहित अघि बढ्नुभएको होइन । दाउपेच गर्ने काम भइरहेको छ । भोलि महाधिवेशन गर्दा जिल्ला प्रदेशमा कसको मेजोरिटी हुन्छ ? त्यहाँको तततत कमिटी भोलि कसरी कब्जा गर्न सकिन्छ भन्ने दाउपेच छ । यो त फुटेको हाँडीको टुक्रालाई जबर्जस्त लेपन लगाएर जोड्न खोजेजस्तो मात्र हो । यो लामो समयसम्म जाला जस्तो लाग्दैन ।

० तपाईंहरु कम्युनिष्ट स्कुलिङबाट आउनुभएको । आज कम्युनिष्ट लाइनबाट टुटेर समाजवादको कुरा उठाइरहनुभएको छ । के कम्युनिष्ट पार्टीबाट मुलुक रुपान्तरण हुनै सक्दैन ?
– मुलुकमा क्रियाशील कुनै पनि कम्युनिष्ट पार्टीबाट रुपान्तरण हुने, समृद्ध हुने देख्दिन । विश्व्यापी रुपमा हेर्ने वैचारिक संकट छ । पूँजीवादी, नवउदारवादीभित्र मात्र होइन साम्यवादी कम्युनिष्टभित्र पनि ठूलो वैचारिक संकट देख्छौं । एउटाले वैयक्तिक स्वतन्त्रता र निजी विचारलाई जोड दिएर अघि बढ्यो । अर्काेले सामुहिकताको नाममा व्यक्तिको स्वतन्त्रतालाई कुण्ठित गर्ने काम ग¥यो । अहिले संसारभर यी दुई बिचारको विकल्पको रुपमा तेश्रो विचारधाराको खोजी भइरहेको छ । यी विचारबाट विश्वको नेतृत्व हुँदैन । पूँजीवादी नेपाली कांग्रेस, साम्यवादी भनेको नेकपा यी दुवै विचारबाट समाधान हुँदैन । देशले निकास पाउँदैन । त्यही भएर संघीय समाजवाद भनी हामी नेपालमा तेश्रो धारको रुपमा उदाउन खोजेका हौं । आउँदो निर्वाचनमा पहिलो पार्टीको रुपमा स्थापित गर्ने रोडम्यापसँगै अघि बढेका छौं । जनआस्थाबाट


सम्बन्धित शिषर्कहरु