सिरहा ।  सिरहामा एक युवकले श्रीमतिलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेका छन् । घरायसी विवादमा सिरहा नगरपालिका–८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेको शरीरमा उनका श्रीमानले आगो लगाएका हुन् ।

आगोले शरीरको ८० प्रतिशत भाग जलेको अवस्थामा उनको उद्धार गरेर अस्पताल भर्ना गरिएको छ । कञ्चनको अवस्था गम्भीर छ । घटनापश्चात् कञ्चनकी पति बेचन मण्डल खत्वे फरार भएका छन् । कञ्चनकी सासुलाई नियन्त्रणमा लिइएको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !