चितवन । चितवन मेडिकल कलेजले भरतपुर महानगर प्रमुख रेनु दाहालको आग्रहमा अस्पतालमा सेवा लिन आउने महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्ने भएको छ ।
समाजिक कार्यमा सदैव अगाडी रहेको चितवन मेडिकल कलेजले स्थानिय सरकारके रुपमा रहेको भरतपुर महानगरके तर्फबाट मेयर रेनु दाहालले गरेको आग्रहलाई सहर्ष स्वीकार गर्दै महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्ने भएको हो ।

 

आइतबार अस्पतालमा फर्टिलिटी सेन्टर (टेस्ट टयूव बेबी सेन्टर) उद्घाटनको क्रममा भरतपुर महानगरपालिका प्रमुख तथा नेकपा केन्द्रीय सदस्य रेनु दाहालले भरतपुर अस्पतालमा उपचारका लागि जाने महिला तथा वृद्धवृद्धालाई महानगरपालिकाको संयोजनमा ओपीडी टिकट निःशुल्क गरिएको भन्दै अन्य निजी अस्पताल तथा मेडीकल कलेजहरुलाई पनि महिलाहरुलाई ओपीडी टिकट निःशुल्क गर्न आग्रह गर्नु भएको थियो ।मेयर रेनुले आफ्नो कार्यभार समाल्नुभएकै दिन पहिलो निर्णय नै भरतपुर अस्पतालमा महिलाहरुलाई स्वास्थ्य उपचा गर्न ओपिडी टिकट निुशल्क गर्ने घोषण भएको थियो । यहि अयिानलाई तीव्र पार्दै मेडिकल सिटि चितवनको भरतपुर क्षेत्रका सबै अस्पतालमा निशुल्क गराउने अभियान जारी राख्नुएको हो ।

सो अवसरमा महानगरपालिका प्रमुख दाहालले देशकै मध्यभागमा अवस्थित भरतपुर मेडिकल सिटीको रुपमा विकास हुँदै गइरहेको भन्दै भरतपुरका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले सर्वसुलभ, गुणस्तरीय र विशिष्ट प्रकारको सेवा प्रवाहमा विशेष भूमिका खेल्नु पर्ने बताउनु भयो । दाहालले मेडिकल कलेज तथा अस्पतालहरु नन रिफरल सेन्टरको रुपमा सेवा प्रवाह गर्नुपर्ने बताउँदै सबै प्रकारका रोगहरुको निदान र रोकथाममा यहाँका निकायहरुले आफ्नो स्तर वृद्धी अनिवार्य रुपमा गर्नुपर्ने बताउनु भयो । चितवन मेडिकल कलेजले मध्य क्षेत्रकै जन समुदायलाई सेवा पु¥याएकोमा प्रसंशा गर्दै उहाँले निसन्तान बाबु–आमाहरुका लागि बर्थिङ्ग सेन्टर सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा चितवन मेडिकल कलेजका अध्यक्ष तथा कार्यकारी निर्देशक प्राडा हरिसचन्द्र न्यौपानेले भरतपुर महानगरपालिका प्रमुख दाहालको आग्रहलाई स्विकार्दै चितवन मेडिकल कलेजमा उपचारका लागि आउने माहिलाहरुलाई पहिलो चरणमा प्रसुती विभागमा लाग्ने ओपीडी टिकट निःशुल्क गर्ने र क्रमश अन्य विभागमा पनि महिलाका साथै पुरुषहरुलाई समेत ओपीडी टिकट निशुल्क गर्दै लैजाने बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो हाम्रो सुरुवात हो । मेयर सापको आग्रह अनुसार सबैलाई ओपीडी टिकट निःशुल्क गरी बढीभन्दा बढी विरामीलाई सेवा दिने हाम्रो लक्ष्य हो ।’ छिट्टै यस सम्बन्धी भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेजबीच सम्झौता हुने र सोही मितिदेखि यो सेवा प्रवाह गरिने न्यौपानेले बताउनु भयो ।
भरतपुरमा सञ्चालित चितवन मेडिकल कलेजले, आइतबारदेखि निसन्तान दम्पतिका लागि वर्थीङ्ग सेन्टर सञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस !