काठमाडौं । अस्थायी राहत शिक्षक संगठनले भोलिदेखि देशभरका सामुदायिक विद्यालय बन्दको आह्वान गरेको छ । सरकार आफ्ना मागप्रति गम्भीर नभएको भन्दै उनीहरुले बन्दको आह्वान गरेका हुन् ।

राहत शिक्षक तथा बालविकास शिक्षक र प्रहरीबीच सोमबार पनि नयाँ बानेश्वरमा झडप समेत भएको थियो । निषेधित क्षेत्र तोड्न लागेका शिक्षकलाई प्रहरीले पानीको फोहोरा र अश्रुग्यास हानेर तितरबितर पारेको थियो । पेशागत स्थायीत्वको माग राखेर आन्दोलनरत शिक्षकले आइतबार पनि बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले पानीको फोहोरा हानेको थियो । सोमबार पनि शिक्षकहरु निषेधित क्षेत्र तोड्ने तयारीका साथ आएका थिए भने प्रहरीले पानीको ट्यांकर र अश्रुग्यासको सेलसहित आएको थियो ।

विज्ञप्तिसहितः–

प्रतिक्रिया दिनुहोस !